२०८१ साउन ६ गते आइतवार

पश्चिम दाङमा बौलाहा कुकुरको जगजगी

झुपु बुढा क्षेत्री,
हापुरे, कात्तिक ७ । पश्चिम दाङको हापुरे क्षेत्रमा बहुला कुकुरको जगजगी देखिएको छ । बबई गाउँपालिका वडा नं. ४ र ५ मा बहुला कुकुरको टोकाईबाट ५ जना घाइते भएका छन् ।

गाउँपालिकाको वडा नं. ५ निवासी १३ बर्षीय अर्जुन राना, ४७ बर्षीय शेरबहादुर विरकट्टा, सोही ठाउँकै ३० बर्षीय डम्मर वली र उनकी ७ बर्षीया छोरी बहुला कुुकुरको टोकाईवाट घाइते भएका छन् । उनीहरु सबैलाई एकै दिन एउटै कुकुरले टाकेको स्थानीय मोहन भण्डारीले जानकारी दिए ।

घाइते मध्य राना र विरकट्टालाई हापुरेमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बुधवार काठमान्डौं रेफर गरिएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *