काठमान्डौं, कात्तिक ३ । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न आइतवार थप पाँच दिन म्याद थप गरेको छ। संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार गर्न खोजेको आरोप उनलाई लागेपछि उनी पक्राउ परेका थिए ।
कात्तिक २ गतेदेखि लागू हुने गरी अदालतले पाँच दिन म्याद थप गरेको छ ।महराको बयान बाँकी नै रहेको हुँदा जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले पाँच दिनको म्याद थप गर्ने अनुमति दिएको हो ।
यसअघि सरकारी वकिलले भने सात दिनको म्याद मागेको थियो। आइतवारदेखि प्रहरीले महरासंग बयान लिन सुरू गरेको छ । प्रहरीले महरालाई असोज १९ गते सभामुख भवन बालुवाटारबाट पक्राउ गरेको थियो।
प्रकाशित मिति : २०७६ कार्तिक ३ गते आइतवार