२०८१ असोज २५ गते शुक्रवार

प्रहरीले आफ्नै हतियार देखाएर झुट्टा मुद्दा लगाएर फसाउन खोजेको आरोप

दाङ,कात्तिक ३ । विप्लव निकटको युवा संगठन नेपाल राप्ती व्यूरोले प्रहरीले आफ्ना हतियार राखेर झुट्टा मुद्दा लगाएको बताएको छ । संगठनका राप्ती व्यूरो अनिलले जारी गरेको विज्ञप्तिमा पक्राउ परेका आफ्ना नेताहरुलाई फसाउन प्रहरीले आफ्ना हतियार राखेको आरोप लगाएका छन् ।

प्रहरीले आफ्नो कार्यालयमा रहेका हतियार देखाएर अनावश्यक रुपमा झुट्टा मुद्दा लगाएर फसाउन खोजेको अनिलले भन्दै उनले पक्राउ गरिएका सबै नेताको विना सर्त रिहाईको माग गरेका छन् ।

 

बैठक बसिरहेका आफ्ना नेताहरुलाई असोज ३० गते विहान साढे १ बजेतिर घेराहालेर पक्राउ गरि फसाउन प्रहरीले आफ्ना हतियार राखेर झुट्टा मुद्दा लगाएको हुँदा अनिलले पत्रकार, अधिकारकर्मी लगाएत सबैसंग सहयोगको लागि अपिल गरेका छन् ।

साथै उनले गैरकानुनी गिरफ्तारी र झुट्टा मुद्दा लगाएर फसाउने राज्यको फासिवादी चरित्रको कडा रुपमा प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् ।

 

 

प्रकाशित मिति : २०७६ कार्तिक ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *