२०८३ कार्तिक १ गते शनिवार

दुई दिन अघि खोचमा फेला परेको युवाको शवकको पहिचान

दाङ, असोज १४ । साथीहरु संग नाईट क्याम्पमा गएका एक युवक मृत फेला परेपछि उनको हत्या भएको आशंका गरिएको छ । घोराहीउपमहानगरपालिका वडा नं. १४ मिलनचोक निवासी २० बर्षीय बुर्सन घर्ती मगर घोराही १८ घोरदौराको खोचमा असोज १४ गते मृतअवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार  मगर गत असोज ११ गते बेलुका साढे ७ बजेतिरमिलनचोकवाट साथीहरु संग नाईट क्याम्पको लागि घरवाट गएका थिए ।

उनको शव असोज १४ गते बेलुका साढे ६ बजेतिर झन्डै १०० मिटर मुनि खोचमा  प्रहरीले फेला पारेको थियो ।

प्रहरीले बेवारिसे शव फेला परेको जानकारी दुई दिन अगाडि नै सार्वजनिक गरेको थियो । दुई दिनको प्रयास पछि आफन्तले विहीवारमात्रै मृतकको पहिचान गरेका थिए ।भन्ने सवालमा प्रहरीले अनुसन्धान सुरुगरेको जिल्ला प्रहरी प्रबक्ता शाहले बताए । मगरको लडेर मृत्युभएको थियो भने किन उनका साथीहरुले घटना बारे आफन्त वाप्रहरीलाई यतिका दिनसम्म जानकारी गराएनन् ? भन्ने प्रश्न उब्जिएको डिएसपी समेत रहेका शाहले बताए ।

  ‘मगर संगै नाईट क्याम्पमा गएका उनका साथीहरुलाई झिकाएर प्रहरीले अनुसन्धान थालि सकेको छ,’ डिएसपी शाहले भने । प्रहरीलेसंगै नाईट क्याम्पमा गएका अन्य युवाहरुको नाम भने गोप्य नै राखेको छ ।

 

प्रकाशित मिति : २०७६ असोज १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *