दाङ, असोज १२ । नेपाल शिक्षक संघ दाङले शिक्षकहरुलाई तत्काल तलव खुवाउन स्थानीय तहको ध्यानाकर्षण गराएको छ ।संघले शनिवार एक बिज्ञप्ती प्रशासित गर्दै दशैं लगायत ठूला चाडपर्वको मुखमा शिक्षकहरुले तलव नपाएको भन्दै तत्काल तल खुवाउन माग गरेको हो ।
नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेत र सचिव प्रकाश डाँगीले सम्युक्त रुपमा प्रकासित गरेको बिज्ञत्तिमा साउन यता शिक्षकहरुले तलव खान नपाएको भन्दै दाङका दश वटै स्थानीय तहलाई तत्काल शिक्षकका लागि तलवको ब्यवस्था गर्न माग गरिएको छ ।
नेपाल शिक्षक संघ दाङले घोराहीमा एक कार्यक्रम गरी बिजया दशमी, शुभ दिपावली र छड पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
संघका जिल्ला अध्यक्ष युवराज बस्नेतको अध्यक्षता एंव संघका ५ नं प्रदेश अध्यक्ष अर्जुनकुमार योगीको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा प्रमुख आतिथि योगीले संगठनलाई थप प्रभावकारी बनाउने गरी दाङ सहित ५ नं प्रदेशभर नै अभियानको शुरुवात गरिएको जानकारी दिए । संगठनलाई थप प्रभावकारी बनाउन जिल्ला नेतृत्वले योजना बनाएर अघी बढ्नुपर्ने आवश्यकता उनले औंल्याए ।