यमकला भुसाल
तुलसीपुर, ६ असोज ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघमा आवद्ध व्यक्तिहरुको बिमा र लाईसेन्स प्राप्तिका लागि सम्बन्धित निकायसँग पहल गर्ने बताएका छन् । नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघको ५ नम्वर प्रदेशस्तरीय पहिलो बृहतसभा कार्यक्रमलाई मंगलबार तुलसीपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा नेपाल हेभी इक्युपमेन्टको धेरै लामो इतिहास नभए पनि पछिल्लो समय यसको प्रयोग बढ्दै गएको बताए । उनले देश निर्माणका लागि इक्युपमेन्ट अपरेटरको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिदै यसको सुरक्षाका लागि सरकारसँग सहकार्य गरेर अगाडि बढ्न आग्रह पनि गरे ।
इक्युपमेन्ट प्रयोगको शिलशिलामा थुप्रै चुनौती भएकाले कतिपय व्यक्तिको ज्यानसमेत गएको स्मरण गर्दै मुख्यमन्त्री पोख्रेलले यसको प्रयोग गर्दा सुरक्षाका बारेमा स्वयम् आफैले पनि विषेश ध्यान पु¥याउनुपर्नेमा जोड दिए । उनले भने ‘अहिले देश संघीयतामा गएसँगै थुपै्र विकास निर्माणका काम भैरहेका छन् र त्यसैले इक्युपमेन्ट सञ्चालकहरु आधारभूत ज्ञानका साथ लाग्न आवश्यक पनि छ ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मुख्यमन्त्री पोख्रेलले गर्त वर्ष योजना आवधिक तर्जुमा गर्ने वर्षका रुपमा मनाएको बताए । उनले अहिलेसम्म ४८ वटा कानुन निर्माणको वर्ष भएको बताउँदै एक वर्षमा प्रदेश सरकाले पञ्चवर्षिय योजना निर्माण गरेकोले सोहि अनुसार काम भैरहेको बताए ।
उनले यो वर्ष जारी गरेको नीति तथा कार्यक्रम बजेट प्रदेशको आवधिक योजनामा आधारित रहेको बताए । कार्यक्रममा पोखेलले संघीयता जनताको शासन भएकोले यसलाई आफ्नो ठानेर यसको कार्यान्वयनतर्फ सत्तापक्ष तथा प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने धारणा राखे । साथै उनले ७ वटा प्रदेशमध्ये ५ नम्बर प्रदेश अहिलेसम्म पहिलो प्रदेशका रुपमा रहेको समेत बताए ।
नेपाल हेभी इक्युपमेन्ट संघ तुलसीपुरका अध्यक्ष चन्द्र डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले नेपाल हेभी इक्युपमेन्ट अपरेटरको हक अधिकार सुनिश्चितताका लागी नेपाल सरकारले एउटा मापदण्ड तयार गर्नुपर्ने माग गरे । उनीहरुले हजारौ अपरेटरहरु लामो सयमदेखि बिना लाईसेन्स न्यूनतम पारिश्रमिकमा काम गर्न बाध्य भएको पनि गुनासो गरे ।
साथै २०६४ सालमा जुन उद्देश्य लिएर संघ गठन गरियो त्यसको १ प्रतिशत पनि लक्ष्यमा पुग्न नसकेको भन्दै मुख्यमन्त्री पोखेलको ध्यानाकर्षणसमेत गराएका थिए । कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष लोकमान डाँगी, संघका महासचिव भवानीप्रसाद पुरुष, नरेन्द्र छन्त्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार जितसागर जिएमले गरेका थिए ।