२०८२ मङ्सिर २४ गते बुधवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण रोकियो

काठमाडौं , असोज २ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको छ । दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि ठूला जहाजको अवतरण प्रभावित भएको हो।

विमानस्थलमा केही प्राविधिक समस्या आएको र त्यसबारे बुझ्ने काम भइरहेको छ । भीओआर र डीएमई उपकरण १०ः४८ मा बिग्रिएको थियो । १२ः२० मा यसको मर्मत सकिएको विमानस्थलले जानकारी दिएको छ ।

अवतरणको पर्खाइमा आकाशमै ७ वटा अन्तरराष्ट्रिय जहाजहरु होल्ड भइरहेका छन् । यी उपकरणले विमानस्थल र जहाजबीचको दूरी र जहाज रहेको दिशा पत्ता लगाउँछन् । भीओआर/डीएमआईको रेडियो स्टेशनले फालेको सिग्नलको सहयोगमा जहाजहरु विमानस्थलमा अवतरण गर्छन् ।

प्रकाशित मिति : २०७६ असोज २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *