
दाङ, भदौ ३१ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरी निवासी एक बालकलाई भारतको हिमाचल प्रदेशवाट उद्धार गरि घर ल्याइएको छ । गत चैतमा १४ बर्षीय विशाल चौधरीलाई ललाई फकाई गरि तुलसीपुर ७ हलवार निवासी भिनाजु नातापर्ने काजु चौधरीले भारतको हिमाचल प्रदेशमा लगेर एक श्रम सिविरमा विक्रि गरेको पीडित बाललके बताएका छन् । मंगलवार तुलसीपुर उपमहानगरपालिकामा पीडित बालक विशालले गत चौतमा भारतबाट आएको कारमा भिनाजु काजु चौधरीले आँफुलाई ललाई फकाई नगेर बेचेको आरोप लगाए । ‘भिनाजुले काजु चौधरीले त्यहाँ गएर ठूलो रकम बुझे र मलाई त्यही छोडेर बेपत्ता भए,’ चौधरीले भने ‘मलाई हिमाचल प्रदेशको एउटा स्याउ उद्यानमा स्याउटका पेटी बोक्ने लगाउँदै यातना दिने गरिन्थ्यो।’
अतेन्तै कष्टकर जीवन व्यथित गर्दै आएका बालक विशाले भारत हिमाचल प्रदेशको सिमलामा कामको लागि पुगेका कञ्चनका सोम चौधरीलाई आफ्नो पीडा सुनाए । त्यो कुरा सोमले कञ्चनपुुरका पत्रकार दिपेन्द्र बस्नेतलाई सुनाए । दिपेन्द्रले स्थानीय पत्रिकामा समाचार प्रकासित गरे । विशालको अवस्था वारे पत्रकार बस्नेतलाई जानकारी दिने सोम चौधरीले पहिले बस्नेतकै पत्रिकाका हकर हुन ।
विशाल बेचिएको र हिमाचलमा चरम याताना भोगिरहेको कथा पत्रिकामा प्रकासित भएपछि त्यो कुरा जुम्ला जिल्लामा घर भई हाल ललितपुरमा डेरा गरि बस्ने प्रतिक विष्ट (अमर)ले थाहाँ पाए । उनी एउटा ट्रेकिङ गाईड पनि हुन । त्यसपछि विष्टले पत्रकार बस्नेत लगाएत कैलाली जिल्लाका प्रेस युनियनका अध्यक्ष श्रवन देउवा लगाएतका पत्रकारसंग सल्लाह गरि विशालको उद्धारको योजना बनाए । योजना अनुरुप विष्टपनि धनगडी पुगे । भदौ २० गते उनीहरु भारतको हिमाचल प्रदेश तर्फ गए । ५ दिनको प्रयास पछि उनीहरु विशाललाई सकुशल उद्धार गरेर स्वदेश फर्के ।

उद्धार गरेर ल्याएका बालक विशाललाई उनीहरुले धनगडीमै प्रहरीको जिम्मा लगाउन चाहे । तर प्रहरीले बच्चा जहाँको हो त्यही लैजान आग्रह गर्दै आँफुले बच्चाको जिम्मा नलिने बतायो । त्यसपछि उनीहरु सोमवार बेलुका बच्चाको गृह जिल्ला दाङ आए । मंगलवार उनको गृह नगर तुलसीपुर उपमहानगरपालिकामा एक कार्यक्रम गरि बच्चाको जिम्मा लगाए । विशालको उद्धार गर्दा लाग्ने सम्पूर्ण खर्च विष्टले आँफै बेहोरेका छन् । ‘ पैंशाको कुरै नगर्नुस । त्यो गौन कुरा हो,’ विष्टले भने ‘ हामी ४÷५ जना गएका थियौं । भारतमा मात्रै ४० हजार भारतीय रुपैंया खर्च भयो ।’ उनले विशालाई उद्धार गर्दा अतेन्तै जोखिम मोल्नु परेको र कतिदिन आँफुहरु सुत्न समेत नपाएको तथा रातभर यात्रा गर्नु परेको जानकारी दिए ।
विशाल विजौरीस्थित जनता विद्यापिठमा कक्षा ६ मा अध्यन गर्दागर्दै उनलाई ललाई फकाई भारतवाट आएको कारमा राखेर भिनाजु काजु चौधरीले हिमाचल पुगाएको तथ्य उजागर भएको छ । ‘मैले विहान ५ बजेदेखि बेलुका ६ बजेसम्म स्याउका पेटी बोक्नु पथ्र्यौ । साउले कुटने र गाली गर्ने गरिरहन्थे,’ विशालले भने ‘ काम गरेको पैंशा भने कहिलै पाइन । साहुजीले तेरो भिनाजु काजुले तेरो सबै पैंशा लगिसकेको छ भन्ने जानकारी दिन्थे।’

विशालको बुवा बौदली चौधरीको हत्या ८÷९ बर्ष पहिले तुलसीपुर मै भएको थियो । झन्डै एक डेढ वर्ष पहिले मात्रै उनकी आमा ३१ बर्षीया माया चौधरी पनि अर्कैको पोइन गइन । विशालकी दिदी १७ बर्षीया सोनी चौधरीको घोराहीको धर्नामा २ बर्ष अगाडि विहे भइसको छ । विशाल मामाको घरमा बस्दै आएका थिए । माउली हजुर आमा नोरी चौधरीका अनुसार विशाल कहिले काँही साथीहरुको घरमा सुत्ने जान्थे । गाउँ घरकै चिनजानकै भिनाजु पर्ने भएको हुँदा उसैले फकाई फुल्याई पारेर आफ्नो नाति विशाललाई भारतमा लगेर विक्रि गरेको हुँदा उस्लाई कडा कानुनी कारवाही हुनुपर्ने माग उनले गरिन । साथमै रहेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी हरिहरनाथ योगीले आरोपित काजु चौधरीलाई खोजी गरि कानुनी कठघरामा उभ्याउने प्रतिवद्धता जाहेर गरे ।
तुलसीपुर नगरका प्रबक्ता तथा निमित्त नगर प्रमखु श्याम डाँगी लगाएत त्यहाँ बोल्ने अधिकाँसले विशाललाई उद्धार गरेर ल्याउने सबैलाई धन्यवाद ज्ञापन गरे । विशालाई श्रम सिविरमा बेच्ने काजु चौधरीलाई पक्राउ गरि कानुनी कारवाही थाल्न स्थानीय प्रशासनलाई आग्रह गरे ।
विशाल अर्कै व्यक्ति संग विवाह गरेकी आफ्नी आमा माया चौधरी संग जान सहमत भएनन् । मामा घरपनि जान मानेनन् । उनी आफ्नी विवाहित दिदी सोनी चौधरीकोमा बस्ने इच्छा जाहेर गरेपछि सबैको सहमतीमा उनलाई घोराहीको धर्ना लगेर छोडर आइएको छ ।