२०८१ बैशाख ८ गते शनिवार

रोल्पाको थवाङमा पहिरोले घर बगाउँदा तीन बालबालिकासहित ६ जनाको मृत्यु

दाङ,भदौ २७ । रोल्पामा पहिरो एउटा घर बगाउँदा ६ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका वडा नं २ मा गएराति घर माथि वाट झरेको पहिरोका कारण एउटा घर बगाउँदा दुई दाजु भाईका परिवारका तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय कमल बुढाको घर पहिरोलो बगाउँदा उनकी २८ बर्षीया पत्नि थिरकुमारी बुढा र ४ बर्षीय छोरा असल बुढा, ३८ वर्षीय जय बुढा, उनकी ३६ बर्षीया पत्नि मुलज्वती बुढा, उनीहरुका दुई छोरीहरु ९ वर्षीया बेवस्ती बुढा र २ वर्षीया करिस्मा बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी चित्रबहादुर गुरुङले फरक कोणलाई जानकारी दिए । घरको माथिल्लो तलामा सुतेका थिरकुमारी र उनका छोराको शव शुक्रवार विहानै फेला परेको थियो भने तल्लो तलामा सुतेका उनको जेठाजु जय बुढा र उनका परिवारका सदस्यको शव शुक्रवार दिउँसो मात्रै प्रहरीले फेला पार्न सफल भएको हो । थिरकुमारीका पति कमल बुढाने रोजगारीको सिलसिलामा विदेशमा रहेको प्रहरीले बताएको छ ।

जय बुढाको परिवार पनि भाईको घरमा बस्दै आएका थिए । उनीहरु भाई भाईका छोराहरु रहेको डिएसी गुरुङले जानकारी दिए । दाजु जयको घर असुरक्षित स्थानमा रहेको हुँदा उनीहरुको परिवार पनि रातमा सँधै भाई कमलको घरमा सुत्न जाने गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *