२०८१ बैशाख ७ गते शुक्रवार

भविष्य नै बालबालिका हुन भन्ने बुझ्न सके बालश्रम अन्त्य गर्न सकिन्छ – नवराज लामिछाने

दाङ, भदौ २७ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ६ लाई भदौ २८ गते बालश्रम मुक्त वडा घोषणा गरिदै छ । राष्ट्रिय बालश्रम दिवसको अवसरमा वडालाई बालश्रम मुक्त वडा घोषणा गर्न लागिएको हो । त्यही तयारी बारे वडा नं ६ का अध्यक्ष नवराज लामिछानेसंग सहकर्मी यमकला भुसालले गरेको कुराकानीको सारसंक्षेप ।

१- बालश्रम मुक्त वडा घोषणा गर्न अब २ दिन मात्रै बाँकि छ । तयारी कस्तो छ ?
२८ गते घोषणा गर्ने घोषणा सभाको तयारी सबै पुरा भइसकेको छ । हरेक उपसमितिहरुले आफ्नो प्रतिबेदनहरु दिइसकेका छन् । उपसमितिहरुको कार्यप्रगति प्रतिबेदनलाई समेटेर समिक्षा गर्दे कार्यदले त्यसलाई अनुमोदन गरिसकेको छ । अब मुल समितिको बैठकले त्यसलाई हेरेर अब घोषणा गर्न मात्रै बाँकि छ ।

२- बालश्रम मुक्त वडा घोषणा गर्दा के–के मापदण्ड पुरा गरेको हुनुपर्छ ?
बालश्रम मुक्त गर्नका लागि पहिलो कुरा बालश्रमको परिभाषा बुझ्न जरुरी छ । बालबालिकालाई कसैले पनि श्रममा लगाउनु हुदैन भन्ने कुरामा ऐनले गरेको कुराहरु स्थानीय सरकारले बनाएका नीतिहरु नेपाल सरकारले बनाएका विविध गुरुयोजनाहरु बालबालिका सम्बन्धि बनेको ऐन २०७५ बालश्रम नियन्त्रण र नियमन गर्न बनेका २०५६ले तोकिएका मापदण्डहरु पुृरा गर्नु पर्छ । त्यसपछि घोषणा पछाडि एउटा रणनीतिक योजनाहरु र वडा परिषदबाट पास हुने नगरसभाबाट पास हुने र त्यो नीति तथा कार्यक्रममा आएको अवस्थामा त्यसको बस्तु स्थिति बिश्लेषण गर्दे जानु पर्छ । त्यसपछि भएको परिस्तििलाई हेरेर बालबालिका को हुन ? कस्तो प्रकृतिका छन र उनीहरुलाई परिवारमा पुर्नंस्थापना गर्न के–के विधि अपनाउनुपर्छ? यी सबै प्रक्रिया पुरा गरिसकेपछि पछि कम्मिा ८० प्रतिशत सुचकहरु पार भएमा पास गर्न सकिन्छ । बालमैत्री स्थानीय सासनले पनि त्यो कुरा स्पष्ट पारेको छ । ती सबै प्रक्रियागत कुराहरु निणर्य एउटा कुरा भयो । नीतिहरुलाई पालना गर्दे निणर्य गरिसकेपछि घोषणा गर्न केही कुराले छेक्दैन ।

३- जिल्लामै पहिलो बालश्रम मुक्त वडा घोषणा गर्दे हुनुहुन्छ ? कत्तिको उत्साहित हुनुहुन्छ ?
हामी त धेरै खुसी छौँ । व्यक्तिगत भन्नु पर्दा हामी सामाजिक अभियान्ता हौं । अहिले स्थानीय सरकारको जनप्रतिनिधि भैसकेपछि सरकारको दायित्व पुरा गर्नुपर्छ भनेर जिम्मेवार बोकेर आएका छौं । जनप्रतिनिधिको नाताले पनि नेपाल सरकाले बनाएका नीति कानुन नियमवलीहरु र विकास गर्दे जाँदा सामाजिक विकास पनि एउटा बिकासको आधार हो । पुर्वाधार विकास सगंसगै सामाजिक गतिविधिहरु पनि अगाडि लैजानुपर्छ भन्ने कुरा हामीले नमुना कै रुपमा सुरुवात गर्न कोसिस गरेका हौँ ।

तथापी तुलसीपुर उपमहानगरपालिका यो भन्दा धेरै अगाडी देखि नै बालमैत्री स्थानीय सासनको अबलम्बन गरिसकेको बालश्रम सम्बन्धि विभिन्न कार्यक्रमहरु पनि धेरै अगाडिबाट गर्दे आएको र त्यसको परिनाम हो ।

एक ठाउँबाट सुरुवात ग¥यौँ भने अन्य वडालाई यसको सिकाई हुन्छ भन्ने कुरामा वडा नं ६ बितेको वर्ष २०७५÷०७६को नीति तथा कार्यक्रम ग¥यो र अहिले ०७६÷७७को प्ररारम्भमा आइसकेका छौँ । अघिल्लो वर्षको अन्तिम कार्यक्रममै हामीले भदौ २८ गते राष्ट्रिय बालश्रम दिवसको अवसर पारेर घोषणा गर्ने लक्ष्य राखेका थियौं ।

हामी मात्र होइन सिंगो तुलसीपुर उपमहानगरपालिकाबासी खुसी छ । सामाजिक अभियान्ताहरु खुसी हुनुहुन्छ ।

४- तपाई लामो समयदेखि बालबालिकाको क्षेत्रमा क्रियाशिल एउटा व्यक्ति हो । धेरै बालबालिकाको उद्धार पनि गर्नुभयो । अहिले वडाको अध्यक्ष भइसकेपछि पनि त्यसैमा लाग्नु भयो । भविष्यमा यसको अरु चुनौति के देख्नुहुन्छ ?
काम गर्दे जाँदा खेरी जाहा चुनौती छ त्यहाँ अवसरहरु पनि धेरै हुन्छन । हाम्रो देश,समाज परिवारको परिस्थिति हेर्दे जाँदाखेरी एउटा जनचेतना जगाउनुपर्ने स्थितिमा सामाजिक परिवर्तन विकास गर्ने स्थितिमा हिजोदेखि परम्परागत अभ्यास भइरहेका संस्कारहरु परिवर्तन गर्न नसकिएको अवस्थामा बानी व्यहोरा परिवर्तन गर्दा खेरी केही समय त लाग्छ नै ।

हाम्रो समाजलाई विश्लेषण गर्दे जाँखा खेरी बालश्रम अन्त्य गर्न सजिलो होइन धेरै चुनौती छ । तरपनि यसको उपाय पनि छ । किनकी गर्न हुदैन भन्ने कुरा कानुनमा निषेध गरेका कुरा त कसैले गर्न पाइदैन । कानुन भन्दा माथि कोहीपनि छैन । तर सामाजिक घटना क्रमले गर्दा गर्न बाध्य भएको देखिन्छ । बालबालिकालाई आफैलाई थाहा हुदैन कि मैले श्रम गर्नु हुदैन भन्ने । तर परिवारलाई थाहा छ । कुनै परिवार यस्तो छ,बिखण्डन भएको छ आफ्नो दुःख्द घटनाले छुटटेको छ । कुनै परिवार बालबालिकालाई आफै सडकमा छोडिदिने अवस्था छ । ती बालक आफु बाच्नका लागि श्रममा जाने गरेको देखिन्छ । त्यसो त गरिवी कै कारण हो भने गरिवीलाई सम्बोधन गर्न बजेट व्यवस्थापन गर्नु पर्छ । कानुन बनेकै छ । स्थानीय सरकार आइसकेपछि पनि स्थानीय सरकार ऐनले पनि अधिकारको जिम्मेवारी गर्नुपर्छ भनेर वडाहरु अधिकार दिएको अवस्था छ । यी सबै परिस्थितिलाई मुल्याङ्न गर्दे जाँदा आम सचेत नागरिकले पनि यो कुरा बुझेर भविष्यका कर्णधार बालबालिका हुन भनेर बुझ्न सके भने बालश्रम अन्त्य गर्न सकिन्छ । वडा बासी सबैले प्रतिबद्धता पनि जनाइसक्नुभएको छ । कि अब कसैले पनि बालश्रम लगाउनदैनौ भनेर ।

५- अहिले सडक,होटल,सार्वजनिक यातयातहरुमा थुप्रै अनाथ बालबालिका श्रम गरिरहेको भेटिन्छन । उनीहरुको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
बालश्रमिकका धेरै प्रकृति हुन्छन । कुन प्रकृतिका श्रमिक हुन भनेर छुट्याउछौँ । श्रमको प्रकृतिमा नेपाल सरकारले पनि नेपाल भरिका बालश्रमिकका प्रकारहरु यस्ता छन भने प्रष्ट उल्लेख गरेको छ । यहाँ तुलसीपुरमा पनि हेर्दै जाँदा खेरी १२÷१५ प्रकृतिका बालश्रमिकहरु हिजो एक अवस्थामा थिए । सन् २०११ को हाराहारीमा ८ वर्ष पहिलेको तथ्याङ्क हेर्दा केही प्रकृतिका बालश्रमिक थिए तर अहिले छैनन् ।

पहिले र अहिलेमा धेरै फरक हुदो रैछ । पहिले तुलसीपुरमा साना सवारी यातयातहरु थिएन्न । जसले माल पनि ढुवानी गर्थै यात्रु पनि बोक्थे । तर त्यस समयमा बसबाट झरेका मानिसहरुका व्याग सामानहरु बरियो बोकेर भरियाको रुपमा काम गर्थे । अहिले त्यो घटेको अवस्था छ । त्यस्ता बालश्रमिक छैनन् । हिजो सडकमा सुत्ने भौतारिने बालबालिका थिए तर केही वर्ष पछि ती बालबालिका देखिएका छैनन् । अहिले त्यस्ता बालबालिका कवाडमा भरियामा र धेरै होटलहरुबाट पनि घट्दै गइरहेको छ । अहिले सडक बालबालिकाहरु जसले आफ्नो जीवन सडकमै बिताइरहेको छ । यस्ता बालबालिकालाई व्यवस्थापन गर्न अहिले स्थानीय सरकारले मापदण्ड बनाइरहेको छ । त्यसले यवस्थापन गर्न सकिन्छ ।

६- अन्त्यमा, बालश्रम मुक्त वडा घोषणा हुदै गर्दा वडाबासीलाई केही सन्देश दिन चाहानु हुन्छ कि ?
आम वडाबासीलाई के भन्न चाहान्छु भने– हामी असल समाज निमार्णको पहलमा छौँ । समस्या र चुनौतिका कुरा आउन सक्छन यसका लागि हामी सबै एकजुुट हौँ । हाम्रो समाज,असल निमार्ण गर्नका लागि पहिलो अभियानमा तुलसीपुरको पहिचान दिन अभियान सफल पार्न सबैले सहकार्य र हातेमालो गर्दे अगाडि बढौँ । अझ १९ वटै वडाहरुमा यो कार्यक्रम लैजानका लागि आम नागरिकलाई एक भएर लाग्न विनम्र अनुरोध गर्न चाहान्छु ।

प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *