२०८३ जेष्ठ ३१ गते आइतवार

बाँकेमा काँग्रेसको जागरण कार्यक्रममा नेकपाको आक्रमण


दाङ,भदौ २७ । बाँकेमा नेपाली कांग्रेसको जागरण अभियानमा सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा)का कार्यकर्ताले आक्रमण गरेका छन् । आक्रमणबाट नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोईराला घाइते भएकी छ्न । उनको बायाँ हात (फ्याक्चर) भएको छ् ।

विहीवार दिउँसो खजुरा गाउँपालिका वडा नं. २ सितापुरमा आयोजित जागरण अभियानमा प्रवेश गरी नेकपाका कार्यकर्ताले अन्धाधुन्द आक्रमण गर्दा कार्यक्रम स्थगित हुन पुगेको थियो । त्यसक्रममा काँग्रेसका अन्य केही नेता कार्यकर्तापनि सामान्ने घाइते भएका छन् ।

दिउँसो करिव १ बजेतिर पार्टीका केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनालले सम्बोधन गरिरहेको समयमा हलभित्रै प्रवेश गरेर ४÷५ नेकपाका कार्यकर्ताले अन्धाधुन्द कुटपिट गरेको सभापति कोईरालाले जानकारी दिइन । सभापति कोईराले भनिन् ‘मैले नगर्नुस तपाँईहरुका जे कुरा छन् हाम्रो कार्यक्रम सकेर छलफल गरौंला भन्दा एकजनाले मलाई नै हिर्कायो र मेरो बायाँ हात नै भाँचियो।’

सभापति कोईरालाले कार्यक्रम विथोल्ने उदेश्यले खजुरा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा आँफुहरु माथि आक्रमण भएको दाबी गरिन ।उनले भनिन् – ‘म बोलेर बसेको केही बेरपछि केन्द्रीय प्रतिनिधिज्यू बोल्दै गर्दा उनीहरु दुईवटा ढोकावाट भित्र पसेर उहाँको माईक फालिदिए,उहाँलाई धक्काए र अरुमाथि पनि धमाधम कुटपिट गरे।’

आफुहरु माथि आक्रमण हुनुको खास कारण थाहाँ नभएपनि सडकमा भएको अनियमितता बारे जागरण अभियानमा स्थानीय नेताहरुले त्यो कुरा उठाएपछि वडा अध्यक्षको निर्देशनमा आक्रमण भएको सभापति कोईरालाको आरोप छ । सभापति कोईरालाले आफ्नो कार्यक्रममा प्रवेश गरि आक्रमण गर्ने नेकपाका कार्यकर्ताको पहिचान भइसकेको तथा उनीहरुका विरुद्ध शुक्रवार जिल्ला प्रहरी कार्यालय बाँकेमा गएर किटानी जाहेरी दिने तयारी गरिएको जानकारी दिइन । ‘यो सत्ताको उन्मादन हो । लोकतन्त्र माथिको प्रहार हो । यो ज्याजदीका विरुद्ध काँग्रेस दोषीलाई कारवाही नहुँदा सम्म लडिरहने छ,’ सभापति कोईरालाले भनिन् ।

नेकपाका नेता तथा खजुरा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष सुमन मल्लले भने आरोप अस्विकार गरे । उनले आँफु कार्यबहाक अध्यक्ष दिएर घरायसी काम र व्यापारिक कार्यमा व्ययस्त रहेको हुँदा आँफुले काँग्रेसको कार्यक्रम विथोल्न नपठाएको दाबी गरे ।

उनले आँफु ५ दिनदेखि कार्यबहाक दिएर बसेको हुँदा आँफुलाई त्यो आरोप लगाउनु गलत भएको बताए ।

समाजिक सञ्जालमा भिडियो राखेपछि विवाद
बुधवार खजुरा गाउँपालिका वडा नं. १ को राधापुरमा नेपाली काँग्रेसले जागरण अभियान थियो । त्यहाँ पुगेका स्थानीय काँग्रेस नेता भूवनसिंह थापाले गाउँपालिकाले १ करोड लागतमा २ महिना अगाडि कालोपत्रे गरेको सडक खण्ड भत्किएको भन्दै विरोध गरे । जम्मा ढाई किलो मिटर सडकमा १ करोड खर्चिएको भएपनि त्यो लगतै भत्किन थालेपछि व्यापक भ्रष्टाचारको आशंका थापाले व्यक्त गरेका थिए ।

उनी बोलेको त्यो भिडियो खिचेर काँग्रेस क्षेत्र नं. ३ का नेपाल तरुण दलका सचिव असलम भाँटले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरे । त्यो कुरा वडा अध्यक्षलाई विझायो । मल्ल डन स्वभावका मानिस रहेको काँग्रेसको आरोप छ ।
भिडियो सार्वजनिक भएपछि थापालाई वडा अध्यक्ष मल्ल र उनका ४÷५ जना केटाहरु गएर समाते । त्रसिद्ध थापाले भ्रष्टचार बारे आँफुले बोलेको कुरा सत्य भएपनि भिडियो आँफुले पोष्ट नगरेको तथा त्यसवारेमा आँफुलाई बखर रहेको बताए ।

काँग्रेसका थापालाई वडा अध्यक्ष मल्लसहितको युवाहरुको समुहले राधापुर प्रहरी चौकीमा लगे । त्यहाँ उनलाई काजगमा जवरजस्ती हस्ताक्षर गर्न लगाईयो । उनीहरुको उदेश्य भिडियो सार्वजनिक गर्ने तरुण दलका क्षेत्रीय सचिव असलम भाँटलाई सामाजिक सञ्जाल दुरुपयो मुद्दामा फसाउने । डन प्रवृतिका वडा अध्यक्ष मल्लको त्रासले आफ्नै साथिका विरुद्ध प्रहरीमा जाहेरी दिन थापा बाध्य भए ।

त्यसले पनि वडा अध्यक्षको आक्रोस शान्त भएन । विहीवार काँग्रेसले वडा नं. १ को राधापुर नजिकैको वडा नं. २ को सीपापुर गाउँ (सैनिक गाउँ) मा जागरण कार्यक्रम रोखेको थियो । काँग्रेसेका जागरण कार्यक्रममा फेरि पनि त्यही सडक खण्डको कुरा उठ्की भन्ने त्रास उनलाई थियो । जो कुनैपनि हालतमा त्यो कुरा दवाउन चाहान्थे । भ्रष्टचार र अनियमितता ढाकछोप गर्न चाहान्थे । भिडियो खिचेर आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्ने तरुण दल क्षेत्र नं. ३ का सचिव असलम भाँटलाई तह लगाउन उनीहरु त्यँहा पुगे । उनीहरु भाँटलाई जवरजस्ती कार्यक्रम स्थलवाट बाहिर निकाल्न चाहन्थे । अर्काको कार्यक्रममा प्रवेश गरि बलजफती नेकपाका कार्यकर्ताले गरे । केन्द्रीय प्रतिनिधि, पार्टी सभापति लगाएत अन्य नेता कार्यकर्तालाई पनि उनीहरुले कुटपिट गरे ।

प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *