२०८३ असार १३ गते शनिवार

डिभाईनमा विद्यार्थीलाई व्यक्तित्व र नेतृत्व विकास तालिम

तुलसीपुर, २६ भदौ
तुलसीपुर उपमहानरपालिका–६ गोलौरामा रहेको डिभाईन टेम्पल एकेडमीले विद्यार्थीलाई व्यक्तित्व र नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएको छ । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमार्फत धेरै कुरा सिकाउँदै आएको एकेडेमीले कक्षा १०, ११ र १२ का विद्यार्थीहरुलाई दुईदिन तालिम सञ्चालन गरेको विद्यालयका प्रिन्सिपल भोजराज न्यौपानेले बताए ।

एकेडमीले विद्यार्थीलाई अध्यापनसँगै बहिरी ज्ञान दिनका लागि विभिन्न समयमा तालिम सञ्चालन गरेको उनको भनाई छ । तालिमपछि कक्षा १० का छात्रा करुणा शर्माले आफूले तालिमबाट धेरै कुरा सिकेको बताइन् । विद्यार्थीलाई किताबी ज्ञानमात्र भन्दा पनि जीवनोपयोगी यस्ता कुरा विभिन्न समयमा दिनुपर्ने उनको भनाई छ ।

त्यस्तै कक्षा १२ छात्र तुलसीराम भण्डारीले विद्यालयले तालिम लिने अवसर जुटाएकोमा आफू धेरै खुशी भएको बताए । कक्षा १२ कै छात्रा डिला अधिकारीले तालिमबाट व्यवहारिक ज्ञान प्राप्त गरेको बताइन् ।

यसैबीच बुधबार तालिमको समापन गरिएको छ । विद्यालयका एकेडेमिक कोर्डिनेटर कुलानन्द अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको तालिम समापन कार्यक्रममा विद्यालयका प्रिन्सिपल भोजराज न्यौपानेले यस्ता तालिमहरुले विद्यार्थीहरुको सिर्जनशीलता बढ्ने, हरेक समस्यालाई रचनात्मक रूपमा समाधान गर्न सक्ने कुराको विकास गराउने बताए ।

भाद्र २४ गते कक्षा ११ र १२ का लागि सञ्चार विकासका विषयमा जेसिज नेपालका राष्ट्रिय प्रशिक्षक सन्दीप भुसालले प्रशिक्षण दिएका थिए भने २५ गते कक्षा १० का विद्यार्थीहरुलाई एसइईको महत्वको विषयमा प्रशिक्षण दिएका थिए । तालिम लाईफ कोच एकेडेमीका बारेमा राष्ट्रिय प्रशिक्षक डि आर दाहालले गरेका थिए भने कार्यक्रमको सहजीकरण विद्यालयका भाइस प्रिन्सिपल हिमाल कँडेलले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *