Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


नेपाल पत्रकार महासंघका अध्यक्षलाई पितृशोक

महासंघद्धारा श्रद्धाञ्जली व्यक्त


फोटो मुस्कान खनालको फेसबुकबाट

दाङ,भदौ २३ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र पत्रकार कृष्ण आचार्यलाई पितृशोक परेको छ । उनीहरुका पिता यामप्रसाद शर्माको ६८ वर्षको उमेरमा सोमवार विहान ३ः०० बजे काठमाडौंको कीर्तिपुरस्थित निवासमा निधन भएको थियो । स्वर्गीय शर्माको सोमवार विहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

शर्मालाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईसहित प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालगायत विभिन्न राजनीति दलका नेताहरु र नेपाल पत्रकार महासंघका पदाधिकारी, केन्द्रीय सदस्यहरु एवं पूर्वपदाधिकारीहरुलगायत पत्रकारहरु पुगेका थिए ।

स्वर्गीय शर्माका श्रीमती, दुई छोरा र एक छोरी छन् । अध्यक्ष आचार्य स्वर्गीय शर्माका जेठा छोरा हुन ।

महासंघद्धारा श्रद्धाञ्जली व्यक्त

यसैबीच नेपाल पत्रकार महासंघले स्वर्गीय शर्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । महासचिव रमेश विष्टले एक शोक विज्ञप्ति मार्फत शोकको यस घडीमा पितृशोकमा परेका महासंघका अध्यक्ष आचार्यसहित शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना गर्दै समवेदना व्यक्त गरेका छन् । यसैबीच यही भदौ २५ र २६ गते गोरखामा तय गरिएको केन्द्रीय समितिको पूर्ण बैठक पनि स्थगित गरिएको छ । बैठक केही दिन पर सारिएको र त्यसको जानकारी पछि दिइने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal