२०८३ मङ्सिर ८ गते सोमवार

बढ्यो दूधको मूल्य


यमकला भुसाल
दाङ (तुलसीपुर), भदौ २० ।
राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूग्ध उत्पादन कृषक समाज नेपाल तुलसीपुर नगर समितिले शनिबारदेखि लागू हुने गरि दूधको मूल्यमा बृद्धि गर्ने भएको छ । जिल्लाको घोराही क्षेत्रमा केही दिन अगाडि मात्रै दूध तथा दूग्धजन्य पदार्थको मूल्य बृद्धि भएको थियो ।

शुक्रबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी कृषक समाज तुलसीपुरले घोराही र तुलसीपुर क्षेत्रको मूल्यमा एकरुपता कायम गर्नका लागि भदौ २१ गते शनिबारदेखि लागू हुने गरी दूध तथा दूग्धजन्य पदार्थमा मूल्य बृद्धि गरिने जानकारी दिएको छ ।

भोलिदेखि तुलसीपुर क्षेत्रमा पनि घोराहीको जस्तै दूधको खुद्रा मूल्य प्रतिलिटर ८० रुपैयाँ, दहीको खुद्रा मुल्य प्रतिकिलो १ सय, पनिरको खुद्रा मूल्य प्रतिकिलो ८ सय र घिउको खुद्रा मुल्य प्रतिकिलो एक हजार २ सय कायम गरिएको दुग्ध उत्पादन कृषक तुलसीपुर नगर समितिका अध्यक्ष लोकराज डाँगीले जानकारी दिएका छन् ।

शुक्रबार तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूग्ध उत्पादक कृषक समाज नेपाल दाङका अध्यक्ष शशिराम बुढाथोकीले पशुका लागि आवश्यक दाना तथा कच्चापदार्थको मुल्य बृद्धिले किसानको लागत खर्चसमेत उठ्ने अवस्था नरहेको हुँदा मुल्य बढाउनु परेको बताए । अन्य वस्तुमा भएको मूल्य बृद्धिले मुल्य समायोजन गर्नुपरेको उनले बताए ।

नेपाल सरकारले हालै गरेको दूधको मुल्य समायोजनको निर्णय तथा पशु वस्तुभाउलाई खुवाइने कच्चा पदार्थ, पेट्रोलियम पदार्थमा अस्वाभाविक रुपमा भएको मूल्य बृद्धिको कारण किसान मारमा परेको हुँदा दूधमा मूल्य बृद्धि गर्नुपरेको तुलसीपुर नगर समितिका कोषाध्यक्ष चन्द्रबहादुर डाँगीले बताए ।

प्रकाशित मिति : २०७६ भाद्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *