२०८३ असार १३ गते शनिवार

रुपन्देही बाट तुलसीपुर आउँदै गरेको बस दुर्घटना : ६ यात्रु घाइते


दाङ, भदौ १९ । रुपन्देही वाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको बस दुर्घटना हुँदा ६ यात्रु घाइते भएका छन् । घाइते मध्य २ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार अन्य ४ जनाको अवस्था मध्यम खालको छ ।

दुर्घटनामा परि गम्भीर घाइते हुनेहरुमा सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नं. १२ निवासी १९ बर्षीया गीता केसी र दाङको लमही नगरपालिका वडा नं. १ निवासी ४५ बर्षीया गीता कुमाल गम्भीर घाइते भएका छन् । उनीहरु दुबै जनालाई दाङको भालुवाङमा उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

उक्त दुर्घटनामा परि रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नं. ३ निवासी २३ बर्षीय विकाश घर्ती, कपिलबस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं. वडा नं. २ निवासी ३२ बर्षीय विनोद क्षेत्री, सोही ठाउँको वडा नं. १ निवासी बसका चालक ४५ बर्षीय रिनुप्रशाद न्यौंपाने, दाङको लमही नगरपालिका वडा नं. ५ निवासी २६ बर्षीय रमेश खनाल र जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी ७१ बर्षीय टेकबहादुर बस्नेत घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. १ पाखापानीमा गएराति पौने १० बजेतिर उक्त दुर्घटना भएको थियो ।

रुपन्देहीको बुटवल बाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको लु १ ख ८४५९ नम्वरको बस ओभर स्पिड र सडकका खाल्डाको कारण सडक छेउमा दुर्घटना परेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७६ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *