
दाङ, १६ भदौ । यही १९ गते दाङको हापुरेमा हुने शान्ति तथा समृद्धि सम्मेलनको तयारी तीव्र पारिएको छ । मुलुकमा शान्ति प्रक्रियाले अन्तिम रुप नलिइसकेको अवस्थामा द्धन्दरत पक्षलाई फेरि मुल प्रवाहमा ल्याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् ।
त्यस सम्मेलनमा शात्ति वार्ता सफल पार्न महत्वपुर्ण भुमिका निर्वाह गरेका नागरिक अगुवा तथा पुर्वसभामुख दमननाथ ढुंगाना, राजनीतिक विश्लेशक श्याम श्रेष्ठ, पुर्व मन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा आउने जानकारी दिइएको छ । त्यस्तै प्रेस काउन्सिलका पुर्व अध्यक्ष नारायण प्रशाद शर्मा, पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल, रिपोटर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला लगाएत राजनीतिक दलहरको पनि सहभागिता हुने बताइएको छ ।
कार्यक्रमको पहिलो खण्डमा अधुरो शान्तिवार्ताको पुनरावलोकन र समिक्षा तथा भावि कार्यक्रमका विषयमा रणनीति तयारीका बारेमा छलफल हुने छ । त्यस्ते दोस्रो चरणमा पश्चिम दाङको विकाश र समृद्धिका सन्दर्भमा सरोकार वालाहरु पक्षसंगको छलफल हुने जनाइएको छ । तेस्रो चरणमा राजनीतिक दलहरुबीचको चुलिदो असन्तुष्टि र उनीहरुबीचको बढ्दो दुरी न्यूनिकरण बारे छलफल हुने छ ।
त्यो सम्मेलन बवई गाउँपालिका र रिपोटर्स क्लव नेपालको आयोजनामा सम्मेलन गर्न लागिएको क्लव दाङका अध्यक्ष शरद रेग्मीले बताए ।
