
फाइल तस्बिर
दाङ, भदौ १६ । नेपाली हिन्दु नारीहरुले आज हरितालिका तीज पर्व मनाउँदैछन् । तीजमा पानीसमेत नखाई व्रत बसेर भगवान शिवको पूजा गरिन्छ । व्रत बसेर शिवको पूजा गरेमा विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास रहेको छ ।
पौरणिक कथामा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि गरेको व्रत बसेको र ब्रत सफल भएको कथामा उल्लेख गरिएको छ । तिजको अघिल्लो दिन दर खाएर भोलिपल्ट तीजको दिन निराहार व्रत बसेर शिवको पूजा गर्ने परम्परा छ । आजको दिन देशका बिभिन्न शिबमन्दिरहरुमा ब्रतालु भक्तजनको घुइचो लागेको छ ।
प्रकाशित मिति : २०७६ भाद्र १६ गते सोमवार