२०८३ साउन २८ गते बिहिवार

१२औं राष्ट्रिय पुस्तकालय दिवसमा रक्तदान


गढवा, १४ भदौ ।
देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रको आयोजनामा १२औं राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भमा शनिबार गढवामा रक्तदान कार्यक्रम भएको छ । पुस्तकालयका अध्यक्ष गिरिराज भट्टको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षेत्र नं. १ का संयोजक मिना गुुरुङ, गढवाका इन्चार्ज यमनारायण पोखे्रल, रक्तसञ्चार सेवा केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपाने र दलित सचेतना अभियान दाङका शशिराम नेपालीलगायतले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।

रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङ, उपशाखा गढवा, इन्कोर परियोजना र गढवा गाउँपालिकाले समन्वय तथा सहयोग गरेको पुस्तकालयले जनाएको छ । रक्तदान कार्यक्रमलाई रक्तसञ्चार सेवा केन्द्र दाङले प्राविधिक सहयोग गरेको थियो । उक्त कार्यक्रममा गढवा–४ बालाखुुटीका विष्णु अर्यालले २६औं पटक रक्तदान गरेको बताए ।

कार्यक्रममा प्रशान्त सिंह डिसी, शिवराज पन्थी, प्रतिक्षा पौडेल, चेतनाथ पौडेल, मायादेवी चौधरी, सृष्टि यादव, ओभा पाठक, मधु पौडेल, चूडामणि पौडेल, रामकुमारी यादव, समिता थापा मगर, मिनादेवी गुरुङ, शशिराम नेपाली, माधव शर्मा पण्डित, सागर खनाल, खेमराज कोइराला, यमनारायण पोखे्रल, कासीराम थारु, विष्णुप्रसाद अर्याल, मात्रिका प्रसाद घिमिरे, सामी प्रसाद यादव, साधुशरण कौशल, रविकिरण घिमिरे, भरत कुमार पन्त, इन्द्रजित कुमार, देविप्रसाद प्याकुरेल र फणाधर रजौरे गरी २८ जनाले रक्तदान गरेको पुस्तकालयले जनाएको छ ।

पुस्तकालय तथा स्रोतकेन्द्रका कोषाध्यक्ष ओभा पाठकको स्वागत मन्तब्यबाट सुरु भएको रक्तदान कार्यक्रमको सञ्चालन सचिव शिवराज पन्थीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *