२०८३ भाद्र २७ गते शनिवार

कुशे औंसीको धार्मिक महत्व र कुशको वैज्ञानिकता

कुशे औंसीको धार्मिक महत्व र कुशको वैज्ञानिकता
युवा ज्योतिषी तथा वास्तुशास्त्री – मुस्कान खनाल
केन्द्रिय सदस्य दक्षिण एशियाली ज्योतिष महासंघ
कुण्डली भाग्य
घोराहि दाङ
सम्पर्क :९८५११९३९६४, ९८२२८५०७३५

कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । कुशे औँसीका दिन हामी विश्वभरीका हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँ छौं । शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्याेइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक परम्परा छ । हामी हिन्दूहरू कुश, तुलसी, पीपलर शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छौं ।

वर्षभरी गरिने पूजाआजाका लागि भोली घरघरमा कुशको संग्रह हुनेछ । कुश र धार्मिक संस्कारको गहिरो सम्वन्ध छ । कुनै पनि हिन्दू संस्कारमा कुश हुनै पर्छ । पूजाआजा गर्दा हातको औलामा लगाइने ‘पवित्रा’ कुश कै हुन्छ ।

कुश प्रयोगमा ल्याउनुको के छ त वैज्ञानिकता आउनुस चर्चा गरौ । कुश यस्तो वनस्पति हो जस्ले प्राणवायु (अक्सिजन) को फैलाउन सबैभन्दा बढी कार्य गर्छ, यो Anti Oxidental छ, यो पाइल्सको रोग ठिक पार्न प्रयोग हुन्छ । पाइल्सको रोग निको हुने भएकोले नै होला आसनको रूपमा प्रयोग गरिएको। पिसाव पोलेको निको पार्ने भएर पनि यो आसनका रुपमा कुशको प्रयोग आरम्भ भएको स्पष्ट हुन्छ। दर्भयुग्मम् पवित्रस्यान्मूत्र क्रिछ्रघ्नशीलतम् (कै.नि. १२४१ औषधिवर्ग)

कुशलाई बैज्ञानिक रूपमा उर्जाको कू-चालक मानिन्छ। त्यसैले पूजाआजामा कुशको आशनमा बसिन्छ। कुशको आसनले उर्जालाई सुरक्षित गर्छ । शास्त्रहरूले कुशलाई आरोग्यवर्धक, वातावारण शुद्धकारक, जीवन वायु प्रदाताका रूपामा पहिचान गरिएको छ । प्राचीन ऋषिहरूले कुशको कुचालक शक्तिलाई बुझेर नै सूर्य-चन्द्र ग्रहणका बेला विकिरणबाट अन्नपात, भोजनआदि जोगाउन कुशको प्रयोग गर्थे। आज पनि हामी सनातन धर्मी हिन्दूहरू ग्रहणका बखतमा कुशको प्रयोग गर्छौं।

अंग्रेजीमा यसलाई Love grass भनिन्छ । अचम्मको कुरा के भने पश्चिमा देशहरूमा कुशलाई यौनशक्ति वर्धक घाँसका रूपमा प्रयोग गरिन्छ। आयुर्वेदकाअनुसार कुशले रक्तपित्तको दोष निवारण गर्छ (ध.नि ४/११९) । कुशले मूत्र दोषहरूलाई निवारण गर्छ (अ.स.सु १५/३२ मूत्र विरेचन गण) । महिलाहरूका स्तनपान सम्वन्धि समस्या समाधान गर्न मदत गर्छ ( अ.स.सु १५/१९ स्तन्य जननगण) । आधुनिक ल्याबले समेत कुशका उपरोक्त औषधिगुण प्रमाणित गरेको छ ।

प्रकाशित मिति : २०७६ भाद्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *