दाङ,भदौ ८ । घोराहीको एक होटेलमा बास बसेका ६ युवा मध्य एक युवा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ८ रानीवास निवासी २३ बर्षीय लालु घर्ती आइतवार विहान मृत अवस्थामा फेला परेका छन् । उनी साथीहरुको साथमा शनिवार राति साढे ९ बजेतिर होटेलमा बास बस्न आएका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १५ ट्राफिक चोकस्थित शंकर होटेलको कोठा नं. २०६ मा घर्ती मृत फेला परेका छन् । भारतको महाराष्ट्रबाट रोजगारी गरि फर्किदै गरेका घर्तीसहित ६ जना शनिवार होटेलमा बास बस्न आएका थिए ।
अन्य चार जना छुट्टै कोठामा सुतेको र घर्ती संग अर्का एक व्यक्तिपनि संगै सुतेको प्रहरीले बताएको छ । विहान साढे ५ बजेतिर घर्ती मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनावारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७६ भाद्र ८ गते आइतवार