२०८३ भाद्र १३ गते शनिवार

थर्कुडाँडामा ज्ञानमहायज्ञ शुरु


तुलसीपुर, ७ भदौ ।
तुलसीपुर उमहानगरपालिका–९ थर्कुडाँडामा मन्दिर तथा धर्मशाला निर्माणार्थ शनिबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ शुरु भएको छ । भद्रकाली मन्दिर तथा धर्मशाला निर्माणार्थ सञ्चालन भएको महायज्ञ आगामी भदौ १५ गतेसम्म सञ्चालन हुने मूल आयोजक समितिले जनाएको छ ।

धार्मिक , साँस्कृतिक तीर्थस्थलको रुपमा विकास गर्नका लागि मन्दिर तथा धर्मशाला निर्माण गर्न महायज्ञ सञ्चालन गरिएको महायज्ञ मुल आयोजक समितिका संयोजक बिनोद अधिकारीले जानकारी दिए । महायज्ञबाट करिब पचास लाख संकलन गर्ने लक्ष्य रहेको संयोजक अधिकारीले बताए ।

महायज्ञ उद्घाटन पूर्व शनिबार बिहान कलशयात्रा गरिएको थियो । तुलसीपुरको वीरेन्द्र चोकदेखि शुरु भएको कलश यात्रा बजार परिक्रममा गरी महायज्ञस्थल थर्कुडाँडामा प्रवेश गरेको हो । कलश यात्रामा विभिन्न आमा समूह, टोल विकास संस्था लगायत २१ समूहको सहभागिता रहेको थियो ।

महायज्ञ मूल आयोजक समितिका संयोजक विनोद अधिकारीको अध्यक्षता तथा समाजसेवी तथा जेष्ठ नागरिक पिमलाल डाँगीको प्रमुख आतिथ्यतामा महायज्ञको उद्घाटन गरिएको हो । महायज्ञको कथा वाचकमा पण्डितद्वय रामचन्द्र तिमल्सिना र १०८ भागवतका अभियान्ता हरिचन्द्र तिमल्सिना रहेका छन् ।

महायज्ञमा एक लाख भन्दा बढी दान रकम सहयोग गर्ने दानदातालाई बजार परिक्रममा गराइने भएको छ । लाखबत्ती जागराम, महात्म्य कथाका साथै भजनकीर्तन समेत हुने मूल आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *