२०८१ फाल्गुन २ गते शुक्रवार

निर्मलाका बाबुआमाले सुरु गरे अनिश्चितकालीन धर्ना

तस्बिर : सामाजिक संजाल

न्याय माग्दै आइतवारदेखि निर्मला पन्तका बाबुआमा अनिश्चितकालीन धर्नामा बसेका छन् ।
झन्डै साढे ३ महिना अगाडि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा अझैं पत्ता लगाउन प्रहरी सफल नभएपछि बुवाआमा आइतबारदेखि अनिश्चितकालीन धर्ना बसेका हुन ।

छोरीका बलात्कारी र हत्यारालाई पत्ता लगाउन मागगर्दै जिल्ला प्रशासन कार्यालयमा आइतवारदेखि बुवा यज्ञराज पन्तले संचारमाध्यमलाई जानकारी दिएका छन् । निर्मलाको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो।
गृह मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन समितिले घटनाको सुरूदेखि नै प्रहरीले प्रमाण नष्ट गरेको र अनुसन्धानमा लापरबाही गरेको रिपोर्ट बुझाएको छ । यसबीचमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एवं एसपी दिल्लीराज बिष्टलाई सरकारले सेवाबाट बर्खास्त गरिसकेको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *