Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


२५ चिकित्सकले सामुहिक राजिनामा दिए



दाङ, भदौ ५ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कार्यरत सम्पूर्ण चिकित्सकहरुले सामुहिक राजिनामा दिएका छन् । उपकुलपती संगीता भण्डारीको क्रियाकलाप प्रति असन्तुष्टि पोख्दै प्रतिष्ठानमा कार्यरत २५ जना चिकित्सकले विहीवार सामुहिक राजिनामा पत्र लेखेका छन् । कुलपति कार्यालय काठमान्डौं लगाएत जिल्ला प्रशासन कार्यालय दाङ समेत ५ स्थानमा बोधार्थ पठाइएको पत्रमा उपकुलपति डा. भण्डारीको कार्यसैलीका कारण सामुहिक राजिनामा दिएको उल्लेख गरिएको छ ।

उपकुलपतिले बारम्वार अनुचित बाहानामा स्पटिकरण सोध्ने गरेको, बर्खास्ती र धम्किदिने जस्ता कार्य मार्फत मनोवल गिराउने कार्य गरेको दोषारोपन गरिएको छ । उपकुलपतिको कार्यसैलीले आँफुहरु शारिरीक तथा मानसिक रुपमा विक्षिप्त भइ काम गर्न नसक्ने अवस्थामा पुगेको राजिनामा पत्रमा चिकित्कसहरुले उल्लेख गरेका छन् ।

राजिनामा पत्रमा उपकुलपति समक्ष पटक÷पटक वातावरण मिलाउन आग्रह गरेको भएपनि त्यसको सुनवाई नभएको तथा आँफुहरुलाई चरम मानसिक पीडा सृजना गराएको दोषारोपन गरिएको छ । उपकुलपतिका एक समर्थकहरुले भने त्यसलाई राजनीतिक षडेन्त्रको रुपमा अथ्र्याए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal