
दाङ, भदौ ५ । विभिन्न सर्वसाधारण व्यक्तिलाई जागिर लगाई दिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । चौधरी एग्रीकल्चर नेपाल संस्थामा जागिर लगाइदिन्छु विभिन्न प्रलोभन देखाँउदै सर्वसाधारणलाई ठग्दै हिड्ने विकाशराज गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. ८ सेवार निवासी २१ बर्षीया रीता चौधरी लगाएत अन्य ६ जना पीडितको जाहेरीको आधारमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी २३ गुरुङलाई भदौ ३ गते प्रहरीले पक्राउ गरेको हो ।
गुरुङले जागिरको विभिन्न प्रलोभन देखाई शेर हाल्न भन्दै एक लाख १७ हजार एकसय रुपैंया ठगी गरेको भन्ने जाहेरी परेको जिल्ला प्रहरी पबक्ता विनोद विक्रम शाहले जानकारी दिए । गुरुङलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट नजिकै बाट पक्राउ गरिएको प्रहरीले बताएको छ । अदालतले गुरुङलाई पाँचदिन थुनामा राखेर अनुसन्धान गर्न समय प्रदान गरेको प्रहरीले जानकारी दिएको छ ।