यमकला भुसाल,
तुलसीपुर,साउन ३१ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तुलसीपुरमा तीज प्रतियोगीता हुने भएको छ । फरक कोण मिडिया प्रालीद्धारा संचालिन एसटीएन च्यानलले प्रतियोगिता गर्ने जानकारी दिएको छ ।
रिपोर्टर्स क्लव दाङमा शुक्रवार पत्रकार सम्मेलन गरि त्यस्तो जानकारी दिइएको हो । प्रतियोगिताका संयोजक नविन वलीले शनिवारदेखि प्रतियोगिता सुरु हुने बताए । तुलसीपुरको मुनाल गेष्ट हाउसवाट अडिसन सुरु हुने र फाईनल अडिसन भने भदौ ७ गते तुलसीपुरको समिक्षालयमा हुने वलीले जानकारी दिए । अडिसनमा सहभागि हुन पैंशा लाग्ने छैन ।
प्रतियोगितामा प्रथम,द्धितिय, र तृतिय हुने प्रतिभाहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने भएको छ ।
रिर्पाेर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रवार