२०८१ बैशाख १२ गते बुधवार

पत्रकार पुडासैनीको आत्महत्या पछि नर्स पक्राउ

काठमान्डौं, साउन ३० । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले ओखलढुंगा घर भएकी अस्मिता कार्कीलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो।

चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले कार्कीलाई चितवन ल्याएर थप अनुसन्धान सुरू गरेको जानकारी दिए। यसअघि बुधबार पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडिओ सार्वजनिक भएको थियो।

उक्त भिडिओमा उनले आफूलाई तीन जनाले आत्महत्या गर्न बाध्य पारेको बताएका छन्। न्युज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछाने, सोही कार्यक्रमका युवराज कँडेल र नर्ससमेत रहेकी कार्कीका कारण आफूले आत्महत्या गरेको उनको भिडिओमा उल्लेख छ।

पुडासैनीले भिडिओमा नाम लिएका तीनै जनालाई अनुसन्धान गर्ने क्रममा प्रहरीले कार्कीलाई पक्राउ गरेको मल्लले जानकारी दिए।

पुडासैनी साउन २१ गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए। केही समय अघिसम्म पुडासैनी सिधा कुरा जनतासँग कार्यक्रमको टिममा थिए।

प्रकाशित मिति : २०७६ साउन ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *