२०८३ जेष्ठ २६ गते मङ्गलवार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको जिल्ला अध्यक्षमा दाहाल

तस्बिर : आरके शितलको फेसबुकबाट

दाङ, साउन २७ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दाङ शाखाको नयाँ कार्य समिति चयन भएको छ । प्रतिष्ठानको १७औं बार्षिक साधारण सभा तथा ७आंै जिल्ला अधिबेशनले राजेन्द्र दाहालको अध्यक्षतामा सर्वसहमतिमा नयाँ कार्य समिति चयन गरेको हो । यसअघि दाहाल उपाध्यक्ष थिए । जसको प्रथम उपाध्यक्षमा पोषण श्रेष्ठ, द्वितिय उपाध्यक्षमा काशिराम डाँगी लगायतका रहेका छन् ।

साधारणसभा प्रेम शर्माको अध्यक्षता एंव नेपाल लोक दोहोरी गित प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यतामा भएको हो । नयाँ नेतृत्व सर्वसम्मत बनाउन प्रतिष्ठानका सल्लाहकार धुर्वराज श्रेष्ठ भारीको संयोजकत्वमा समिति गठन भएको थियो ।

प्रकाशित मिति : २०७६ साउन २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *