२०८१ बैशाख ४ गते मङ्गलवार

सभाहल उद्घाटन गर्न मुख्य मन्त्री हापुरे आउने

बालकृष्ण पाण्डे,
हापुरे, साउन २६ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेल दाङको हापुरेमा आउने भएका छन् । बबई गाउँपालिको सभाहल उद्घाटन गर्न उनी साउन ३२ गते हापुरे आउने भएका छन् । प्रदेश सरकारको ६० लाखको लागतमा सभाहल निर्माण भएको हो । गत मंसिरमा सभाहलको मुख्य मन्त्री पोखरेले नै सिलान्यास गरेका थिए । जसको निर्माण कार्य गत जेठमा पुरा भएको थियो । दाङमा आफ्नै सभाहल निर्माण गर्ने यही गाउँपालिका भएको छ ।

उक्त दिन उनले बबई गाउँपालिकाको प्रसाशनिक भवनपनि सिलान्यास गर्ने कार्यतालिका छ । बबई गाउँपालिकाले यो आर्थिक वर्षमा ५ करोडको लगानिमा गाउँपालिकाको प्रसाशनिक भवन निर्माण गर्ने लक्ष्य राखेको छ । प्रशासनिक भवनको निर्माण यसै आर्थिक वर्षमा पुरा गर्ने लक्ष्य राखेको गाउँपालिका अध्यक्ष भुवनेस्वर पौडेलले बताए ।

त्यसैदिन मुख्य मन्त्री पोखरेलले गाउँपालिकाको आवधिक गुरुयोजनाको पुस्तक बिमोचन र ग्रामिण विकाश कार्यक्रम अन्तरगत गरिव तथा जेहेन्दार ३ सय जना बिद्यार्थीलाई छात्रबृति स्वरुप उपलब्ध गराईने स्टेसनरी, पोषाक र ब्याग बितरण गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रकाशित मिति : २०७६ साउन २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *