दाङ, साउन २१ । दाङको देउखुरीमा मोटरसाईकलको ठक्कर बाट एकजनाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नं. ५ सोनपुरुवा निवासी ६५ बर्षीय गंगाराम यादवको मृत्यु भएको छ । पैदल यात्रु यादवलाई सोमवार बेलुका साढे ८ बजेतिर लु १ प ९७११ नम्वरको मोटरसाईकलले ठक्कर दिएको थियो ।
दामोदर सडक खण्ड अन्तरगत गढवा – कालाकाटेको बाँकी चोकमा मोटरसाईकलले यादवलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जानकारी दिएको छ । मोटरसाईकल चालक गढवाको पर्नाहा निवासी १८ बर्षीय रोहित चौधरीलाई ईलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ।
खुट्टा र हातमा चोट रहेका यादवको उपचारको क्रममा सोमवार राति ९ बजेतिर लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७६ साउन २१ गते मङ्गलवार