२०८३ असोज १ गते बिहिवार

काठमाडौँ जादै गरेको ट्रक त्रिशूली नदीमा खस्यो, खोजीकार्य जारी


साउन २०। नारायणगढ मुग्लिन सडकखण्डको जलविरेमा ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २: ३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।

इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो । सडकबाट तल झरेको ट्रकको खोजीकार्य जारी रहेको छ प्रहरीले बताएको छ ।

ट्रक चालक सर्लाही जिल्ला चकरघट्टा गाउँपालिका–५ का ३२ वर्षीय मुकेश चौधरी ट्रकबाट हाम फालेर बाँच्न सफल भएको प्रहरीले बताएको छ । ट्रकमा अन्य मानिस भने नभएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ साउन २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *