२०८३ असार १३ गते शनिवार

रोटरी क्लव अफ तुलसीपुर सिटीमा नयाँ २ सदस्य थपिए


तुलसीपुर, साउन । १८ रोटरी क्लब अफ तुलसीपुर सिटीले आफ्नो विशेष ५०० आंै बैठकमा सामाजिक क्षेत्रमा कृयाशिल दुईजना युवा व्यवसायीलाई नयाँ सदस्यको रुपमा क्लबमा स्वागत गरेको छ । रोट्रयाक्ट क्लब अफ तुलसीपुरका निवर्तमान अध्यक्ष तथा पूर्व क्रिकेटर रुपेश शर्मा र तुलसीपुर नगर जेसिसका यसअघिका अध्यक्ष दिपेश भण्डारीलाई क्लबका पूर्व अध्यक्ष अनुप कुमार श्रेष्ठ र बिमल रिजालले रोटरीको लोगो भएको पिन लगाएर स्वागत गरेका हुन ।

नव प्रबेशी दुबैजनालाई सामाजिक कार्यमा आफुलाई अझै समर्पित गर्न हौसला मिलोस भनेर क्लबमा प्रवेश गराइएको जानकारी दिइएको छ । कार्यक्रममा क्लबका अध्यक्ष देवबहादुर केसीले समाजलाई सकारात्मक परिवर्तनको बाटोमा हिडाउनको लागि क्लबले समाजका बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई क्रमशः क्लव प्रवेश गराउदै आएको बताए । क्लबका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले संस्थाको नियमानुसार नवप्रवेशीलाई कुनै आस्था, विचार या वादबाट भन्दा पनि रोटरीको मर्म अनुसार समाज सेवाको भावले अगाडि बढ्न आग्रह गरे ।

क्लबका पूर्व अध्यक्ष बिजय केसीले रोटरीको ज्ञान अभिवृद्धिका लागि रोटरी पुस्तक प्रदान गरेका थिए । क्लबका भावि अध्यक्ष सुरेश हमालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नबिन राई, ईन्ट्रयाक्ट क्लब अफ गोरखा स्कुलका अध्यक्ष कृष्ण गौतम लगायत रोट्रयाक्ट तथा ईन्ट्रयाक्ट क्लबका सदस्यहरुले आ–आफ्ना धारणा राखेका थिए ।

यसैबीच क्लबले नियमित रुपमा प्रकाशन गर्दै आएको रोटरी वर्ष सन २०१९–२० को जुलाई महिनाको पहिलो मासिक बुलेटिनको पनि विमोचन गरिएको छ । क्लबका पूर्व अध्यक्ष ललितबहादुर घर्ती र विरु रावतले संयुक्त रुपमा बुलेटिन विमोचन गरेका हुन । क्लबका पूर्व अध्यक्ष धर्मेन्द्र वैश्यले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रमको सहजिकरण सचिव सन्दिपन रिजालले गरेका हुन ।

प्रकाशित मिति : २०७६ साउन १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *