
काठमाडौं, साउन १७। आगामी मंसिर १४ गते शनिबारका दिन उपनिर्वाचन हुने निर्वाचन आयोगले बताएको छ । आयोगले विभिन्न राजनीतिक दल र सम्बद्ध सरोकारवालाहरुसँग छलफल गरेर उपनिर्वाचनको मिति तोकेको हो। विभिन्न कारणले रिक्त रहेका ५० पदका लागि उपनिर्वाचन हुने छ।
आयोगका अनुसार उपमहानगर पालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १, गाउँपालिका तथा नगर वडाध्यक्ष ४१, प्रदेश सभा सदस्य ३ र प्रतिनिधि सभा सदस्य १ गरी ५० पदका लागि उपनिर्वाचन हुनेछ। मिति तोकिएसँगै आयोग उपनिर्वाचनका लागि तयारीमा जुटेको छ।
प्रकाशित मिति : २०७६ साउन १७ गते शुक्रवार