२०८२ असार २३ गते मङ्गलवार

काँग्रेसले जग्गादातालाई सम्मान गर्ने

फाइल तस्बिर

सुरेश श्रेष्ठ,
दाङ, साउन १७ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्वर ४ ले जग्गा दातालाई सम्मान गर्ने भएको छ । क्षेत्रिय पार्टी कार्यालय रहेको लाखौं मुल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराउने परिवारका सदस्यहरुलाई काँग्रेसले एक औपचारिक कार्यक्रमका बीच सम्मान गर्ने तयारी गरिएको जानकराी दिएको छ ।

क्षेत्रिय पार्टी कार्यालयको जग्गा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ बरुवागाँउ निवासी स्वर्गीय फल्कुदत्त धिताल र स्वर्गीय ईन्द्रादेवी धिताल तथा छोराहरुले निशुल्क प्रदान गरेका थिए । पार्टीलाई लाखौंको जग्गा निशुल्क प्रदान गर्ने स्वर्गीय फल्कुदत्त र ईन्द्रादेवीका छोराहरु बामदेव धिताल,देवराज धिताल, जानकीप्रसाद धिताल र हुमराज धिताललाई सम्मान गर्ने निर्णय शुक्रवारको बैठकले गरेको हो । धिताल परिवारले २०५० पुस २२ गते १ कठ्ठा ९ धुर जग्गा निशुल्क नेपाली काँग्रेसलाई निशुल्क रुप्मा उपलब्ध गरेका थिए । हाल त्यसको प्रचलित बजार मुल्य एक करोडको हाराहारीमा रहेको बताइन्छ ।

जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्काको उपस्थितिमा भएको बैठकले उक्त निर्णय पारित गरेको हो । क्षेत्रिय सभापति जगतबहादुर खड्काले भने,’–‘धिताल परिवारको योगदानलाई उच्च मुल्याङकन गर्र्गै सम्मान गर्ने निर्णय गरिएको हो।’

त्यसैगरी बैठकले क्रियाशिल सदस्य प्रमाण पत्र साउनको मसान्त सम्म संकलन गरि सक्ने र त्यो जिल्ला कार्य समितिमा पेश गर्ने निर्णय गरेको क्षेत्रिय सचिब चूर्णबहादुर चौधरीले जानकारी दिए । बैठकले शान्ति सुरक्षा,विकाश र सुशासन प्रवद्र्धनका लागि जिल्लाका गाँउटोल सम्म अभियान सञ्चालन गर्ने गरि तयारिमा जुट्ने निर्णय समेत गरेको चौधरीले बताए ।

उच्छृङखललाई कारवाही – जिल्ला सभापति खड्का
बैठकलाई सम्वोधन गर्दै जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्काले पार्टी भित्र अनुशासन हिनता मौलाएको भन्दै चिन्ता जाहेर गरेका थिए । उनले अनुशानमा बिशेष ध्यान दिन सबैलाई सचेत तुल्याएका छन् । ‘अनुशासनहिन र उच्छृङखल गतिबिधि गर्ने छुट कसैलाई छैन,’ सभापति खड्काले भने ‘उनीहरुलाई अनुशासनको दायरामा ल्याउन कारवाही हुन्छ।’ बैठक क्षेत्रिय सभापति जगतबहादुर खड्काको सभापतित्वमा भएको हो । कार्यक्रमको सहजीकरण क्षेत्रिय सचिब खिमबहादुर वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ साउन १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *