
घोराही, साउन १८ । राष्ट्रिय सहकारी बैँक लिमिटेडको दाङ शाखा समन्वय उपसमिति सदस्यमा विद्यार्थी नेता शिवराज खनाल मनोनित गरिएका छन् ।खनाल नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पसका ईकाइ सभापति हुन ।
सर्वोत्म बहुउदेश्यीय सहकारी संस्था दाङका सञ्चालक समेत रहेका खनाललाई गएको असार ९ गते बैँक सञ्चालक समितिको बैठकले सदस्यमा मनोनित गरेको हो । बैँकका प्रमुख कार्यकारी अधिकृत वद्रिकुमार गुरागाँईको पत्रमा सो कुरा उल्लेख छ
प्रकाशित मिति : २०७६ साउन १७ गते शुक्रवार
