
दाङ, साउन १७ । दाङ प्रहरीले ठूलो मात्रामा घरेलु मदिरा जन्य पदार्थ बरामद गरि नष्ट गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १३, १४ र १८ का विभिन्न स्थानवाट बरामद गरिएको घरेलु मदिरा नष्ट गरिएको छ । मदिरा जन्य पदार्थ ३३ सय लिटर र तयार पारिएको मदिरा २सय ३० लिटर नष्ट गरिएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् ।
त्यहाँवाट बरामद गरेर ल्याएको मदिरा र मदिरा जन्य पदार्थ प्रहरीले वडा नं. १७ को गैरागाउँस्थित कटुवा खोलामा ल्याएर नष्ट गरेको जानकारी दिएको छ । नजिक आउँदै गरेको तीज पर्वलाई मध्यनजगर गर्दै वडा प्रहरी कार्यालय घोराही वाट खटिरएको प्रहरीले घरेलु मदिरा बरामद पछि नष्ट गरेको जानकारी दिएको छ ।
प्रहरीले घरेलु मदिरालाई अवैद्यको संज्ञा दिदै आगामी दिनहरुमा पनि घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण नगर्न नगराउन सचेत समेत तुल्याएको छ ।