२०८३ असोज १४ गते बुधवार

काँग्रेस बाँके– २ मा यी ४ जना प्रदेश सांसद महाधिवेशन प्रतिनिधिमा पराजित भए


दाङ, असोज १३ ।


नेपाली काँग्रेसको जारी १५औं महाधिवेशन अन्तर्गत बाँकेको क्षेत्र नं. २ मा चार जना प्रदेशसभा सदस्य केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
सोमबार बेलुकी अबेर भएको निर्वाचनको मंगलबार बिहान प्राप्त अन्तिम मत परिनाम अनुसार काँग्रेसले समानुपातिक सांसद बनएका लुम्विनी प्रदेशसभा सदस्यहरु माया पुन मगर, सुशिला नेपाली वादी, मिना सिद्दिकी र निवर्तमान प्रदेशसभा सदस्य याकुव अनसारीपनि पराजित भएका छन् ।
दलित आरक्षण कोटाबाट चुनाब लडेकी सुशिला बादीले २३६ मत प्राप्त गर्दा निर्वाचित हुने मैकुलाल बालमिकीले ३३० मत प्राप्त गरेका थिए । महिला कलष्टर बाट निर्वाचन लडेकी माया पुन मगरले २१५ मत मात्रै प्राप्त गर्न सकिन । सोही कलष्टरबाट चुनाब लडेकी मिना कुमारी बोहरा सिद्दिकीले २२१ मत प्राप्त गरिन । यो कलष्टर बाट उमा थापा मगर ४३६, कल्पना रेग्मी ३०९, रेनुसिंह ठकुरी ४११ र नारायणी रुपाखेती ३४९ मत प्राप्त गरि निर्वाचित भए । सबैभन्दा बढी मत प्राप्त गर्ने उमा थापा मगर नेपालगंज उपमहानगरको पूर्व उपमहेयर हुन ।
निर्वाचन मार्फत नेपालगंजका मेयर प्रशान्त बिष्ट झिनो मतान्तरले महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
त्यस्तै बाँके – २ को सभापतिमा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी बिजयी भएका छन् । उनले वीरेन्द्रबहादुर शाहलाई पराजित गरेका हुन ।
गएराति भएको निर्वाचनको अन्तिम मत परिनाम मंगलबार बिहान मात्रै सार्वजनिक भएको हो । बाँके – २ को संघीय सभापतिमा निर्वाचित चौधरीले ३४५ मत प्राप्त गरि बिजयी भएका थिए ।
सचिवमा ४०४ मत प्राप्त गरि रमेशप्रशाद तिमिल्सिना, सहसचिवमा ३८२ मत प्राप्त गरि राजकुमार बाल्मिकी निर्वाचित भए । त्यस्तै निशा रेग्मी गौतम भने सहसचिवमा निर्विरोध निर्वाचित भएकी थिइन ।

प्रकाशित मिति : २०८३ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *