२०८३ जेष्ठ ३१ गते आइतवार

योगेश भट्टराई बने पर्यटन मन्त्री


काठमान्डौं, साउन १५ । नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बुधवार दिउँसो सितल निवासमा सपथ ग्रहन गराएकी हुन । त्यसपछि उनले बुधवार नै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।

युवा नेता भट्टराई पहिलो पटक मन्त्री बनेका हुन्। उनी नेकपा भित्रका एकजना आश लाग्दा नेताको छवि बनाएका नेता हुन । २०७४ फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए । ओली नेतृत्वको मन्त्री मण्डलमा यो पटक भट्टराई मात्रै थपिएका छन् ।

गत फागुन १५ गते योगेशको गृहजिल्ला ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएको थियो ।

प्रकाशित मिति : २०७६ साउन १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *