२०८३ बैशाख १२ गते शनिवार

लायन्स क्लब अफ दाङको अध्यक्षमा केसी निर्वाचित


शरद रेग्मी,
दाङ ,श्रावण १३ । लायन्स क्लव अफ दाङको अध्यक्षमा यज्ञवहादुर केसी निर्बिरोध चयन भएका हुन् छ । लायनबर्ष द्दण्ज्ञढरद्दण् का लागि केसीलाई चयन गरिएको हो । दाङको तुलसीपुरमा एक विशेष समारोहबीच निबर्तमान अध्यक्ष उमेश चन्द्र मजगैयाँले पद हस्तान्तरण गराएका थिए ।

लायन्स क्लवको प्रथम उपाध्यक्षमा हेमन्त डाँगी, द्धितिय उपाध्यक्षमा सुरेश हमाल, तृतिय उपाध्यक्षमा गणेश अधिकारी, सचिवमा भागवत घिमिरे, कोषाध्यक्षमा लोकवहादुुर डाँगी र सहकोषाध्यक्षमा द्रोण देवकोटा चयन भएका छन ।पद हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख घनश्याम पाण्डेले सामाजिक क्षेत्रमा लायन्स क्लवले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

उनले गाईडरमा क्लबको नाममा रहेको दुई बिगाहा बढि जग्गामा अस्पताल निर्माणमा क्लवले चासो देखाएको हुदा उपमहानगरपालिकाको तर्फबाट सहयोग गर्ने वताए । । स्वास्थ्य र अन्य सामाजिक क्षेत्रमा लायन्स क्लब लगायत समाजिक सङघ सस्थाहरुसङग मिलेर काम गर्नका लागि उपमहानगरपालिका तयार रहेको उनको भनाई थियो । कार्यक्रममा वोल्दै बिशिस्ट अतिथि लायन्स क्लव डिष्ट्रिक ३२५ विटुका पूर्व गभर्नर सेम शाक्यले तुलसीपुरमा क्लवले अस्पताल निर्माणका लागि पहल गरिरहेको भन्दै केन्द्रिय कार्यालय र अन्तर्रा्ष्ट्रिय क्षेत्रबाट समेत सहयोग जुटाउन आफुले भुमिका खेल्ने बताए ।

उनले स्वरोजगारमुलक काममा आफुहरु लगानी गर्न इच्छुक रहेको कुरामा जोड दिए । कार्यक्रममा डिष्ट्रिक को–चिफ एडभाइजर बिनोद कुमार श्रेष्ठ ,ज्ञानेन्द्र श्रेष्ठ, मुकुट ढकालल, वडा नम्वर ६ का वडाध्यक्ष नवराज लामिछाने, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावत, रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष देववहादुर केसी, तुलसीपुर नगर जेसिजका अध्यक्ष मेघराज घिमिरे लगायतले नव निर्वा्चित समितिलाई वधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रम बोल्दै नबनिर्वाचित अध्यक्ष केसीले तुलसिपुरमा हुने हरेक समस्यामा लायन्स क्लब दाङ सहकार्य गर्न तयार रहेको बताए ।उनले आफ्नो कार्यकालमा मुटुरोग सम्बन्धि निशुल्क शिबवर,आखा तथा जनरल स्वास्थ शिबिर,बृक्षारोपन, तुलसीपुरमा जारी सरसफाइ अभियानमा निरन्तर सहभागी ,स्कुल कार्यक्रम ,दुर्घटना न्युनिकरण अभियान सञ्चालन गर्ने बताए ।

उहाले दशै मिलन तथा शुभकामना आदानप्रदान र जेष्ठ नागरिक तथा फरक क्षमता भएका ब्यक्तिहरुलाई सहयोग गर्दै जाने बताए । उपाध्यक्ष सुरेश हमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गणेश अधिकारीले गरेका थिए ।

बाताबरण सरक्षण गर्न बृक्षारोपन
लायन्स क्लब अफ दाङको आयोजनामा आज राप्ती शान्ति उधान तुलसिपुरमा विभिन्न प्रजातिका बिरुवाहरु रोपिएका छन ।
नबनिर्वा्चित अध्यक्ष यज्ञबहादुर केसीको नेतृत्वमा शान्ति उधान तुलसिपुरमा पुगेको टोलिमा प्रमुख अतिथि नगर प्रमुख घनश्याम पाण्डे ,बिशिस्ट अतिथि पुर्व गभर्नर शेम शाक्य,उधोगि ब्यापारी ब्यबसायि ,विभिन्न सङघ सस्थाका प्रमुख ,जनप्रतिनिधि,पत्रकार लगायतको उपस्थित रहेको थियोे । अध्यक्ष पदमा निर्बा्चित भए पछि पहिलो कार्यक्रमका रुपमा बृक्षारोपन गरिएको छ । सोमबार बिहान लायन्स क्लबको नाममा हात्तीखौवामा रहेको जग्गाको स्थलगत अनुगमन गरिएको छ ।

प्रकाशित मिति : २०७६ साउन १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *