२०८३ मङ्सिर ९ गते मङ्गलवार

सुस्तमनस्थितिकी १५ बर्षीया बालिका बलात्कार अभियोगमा ६५ बर्षीय बृद्ध पक्राउ

दाङ, साउन १२ । सुस्तमनस्थितिकी १५ बर्षीया एक बालिकालाई जवरजस्ती करणी पछि बच्चा जन्माएपछि त्यसको दोष ६५ बर्षीय एक व्यक्तिमाथि लागेको छ । राजपुर गाउँपालिका निवासी सुस्तमनस्थितिकी बालिकाले झन्डै दुई हप्ता अगाडि मात्रै एक छोरीलाई जन्म दिएकी थिइन ।

त्यो अभियोग भने स्थानीय ६५ बर्षीय कालिराम चौधरीलाई लागेको छ । प्रहरी समक्ष चौधरीले अभियोग स्वीकार गरिसकेको दाङ जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए । ‘प्रहरीले पक्राउ गरका व्यक्तिले अभियोग स्वीकार गरिसकेका छन्,’ एसपी पाण्डेले भने ‘अब हामी उनलाई अदालत समक्ष पेश गर्ने छौं।’

नवजात सिशु र पीडित सुस्तमनस्थितिकी बालिका माथि जवरजस्ती करणी गर्ने व्यक्तिमाथि अब अदालतले नै सजाय तोक्ने छ ।

 

 

प्रकाशित मिति : २०७६ साउन १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *