२०८३ असार २४ गते बुधवार

कैलालीमा फेला परेको शब दैलेख गाडी दुर्घटनामा परेका मेखे तिरुवाको


दाङ, असार २४ ।
कैलालीस्थित कर्णाली नदीमा फेला परेको पुरुषको शब दैलेख गाडी दुर्घटनाका एक जना ब्यक्तिको रहेको पुष्टि भएको छ ।
कैलालीमा फेला परेको शब कालीकोट पाचल झरना गाउँपालिका– ९ का ६२ बर्षीय मेखे तिरुवा रहेको पुष्टि भएको हो ।
मंगलबार साँझ कालिकोट बाट शब फेला परेको घटनास्थल आइ मेखेका २५ बर्षीय छोरा रबिन्द्र तिरुवाले शबको सनाखत गरेको कैलालीस्थित इलाका प्रहरी कार्यालय चिसापानी प्रमुख प्रहरी निरीक्षक मिरा खड्काले बताइन । शब पोष्टमार्टमका लागि बर्दगोदरियास्थित दोदोधारा नगर अस्पतालमा राखिएको छ । बुधबार शबको पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइने भएको छ ।

सोमबार बिहान ७ बजेतिर कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टास्थित कर्णाली नदी किनारमा उनको शब फेला परेको थियो ।
गाडी दुर्घटना भएकै दिन भीरमा अड्किएको अवस्थामा कालीकोटका पाचल झरना गाउँपालिका–९ कै ४५ वर्षीय जेखे तिरूवा मृत अवस्थामा फेला परेका थिए ।
दैलेखका प्रहरीप प्रमुख डिएसपी श्रवणकुमार बिश्वकर्माका अनुसार गाडी दुर्घटनाका दुई जनाको शब फेला परेपनि अझैं तीन जना फेला पर्न सकेका छैनन् ।
दुर्घटनामा परि एका घरका सहोदर दाजु भाइ गाडी चालक सुर्खेतको पञ्चपुरी नगरपालिका – ८ माझीगाउँका अन्दाजी २८ बर्षीय तुलसीराम सुवेदी, सहचालक समेत रहेका उनका दाइ अन्दाजी ३१ बर्षीय रामप्रसाद सुवेदी र कालीकोटको रास्कोट नगरपालिका – २ खड्का गाउँकी अन्दाजी १८ बर्षीया सिर्जना खड्का अझैं फेला पर्न सकेका छैनन् ।
नेपाली सेना, सशस्त्र प्रहरीका साथै कुरिन्टारबाट खटिएको गोताखेरसहितको टोलीले खोजी कार्य जारी राखेको डिएसपी बिश्वकर्माले बताए ।
असार १८ गते बिहानीपख सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक गाडी बिहान साढे ११ बजेतिर दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका– ७ स्थित सडकबाट कर्णाली नदीमा खसेको थियो ।
त्यस्तै कैलालीस्थित लम्कीचुहा नगरपालिका –३ चिसापानी नजिक गोराङ्गेस्थित कर्णाली नदीमा सोमबार बिहान फेला परेको अर्कौ शब भने सुर्खेतको भेरीगंगा नगरपालिका – ८ की १५ बर्षीया स्न्याहा सुनारको रहेको पुष्टि भएको थियो ।स्न्याहा साउन २० गते नदीमा आएको दाउरा टिप्न क्रममा भेरी नदीमा बगेर बेपत्ता भएकी थिइन । सोमबार बेलुका उनका अभिभावले शबको सनाखत गरेका थिए ।

प्रकाशित मिति : २०८३ असार २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *