२०८२ जेष्ठ ३० गते शुक्रवार

बालुवाटार जग्गा प्रकरण एक आरोपितले हामफालेर आत्महत्या गरे

काठमान्डौं, साउन १२ । बालुवाटार जग्गा प्रकरणको सवालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन्।

५७ वर्षीय श्रेष्ठले आइतबार दिउँसो बालाजुको हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारस्थित ललितानिवास परिसरको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न रहेको अभियोगमा उनीमाथि अख्तियारले बयान लिइरहेको थियो।

किनमेल गर्न भनी सिटी सेन्टरमा गएका श्रेष्ठले सोही क्रममा हाम्फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ ।

मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत हुँदा श्रेष्ठले कागजात बनाएर सरकारी जग्गा व्यक्तिका नाममा लैजान सहयोग गरेको आरोप लागेको थियो। उनी मालपोत कार्यालयबाट २०६० सालमा रिटायर्ड भएका थिए ।

प्रकाशित मिति : २०७६ साउन १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *