२०८२ असार २५ गते बिहिवार

नेकपा दाङको पहिलो सचिवालय बैठक

लिलाधर वली,
दाङ,साउन ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दाङमा विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी बाँडफाँड गरेको छ । शनिवार घोराहीमा भएको पहिलो बैठकले सचिवालय गठन, १७ वटा विभाग र ८ स्थानीय तहमा इञ्चार्ज र सहईञ्चार्जको जिम्मेवारी बाँडफाँड गरेको हो ।

बैठकले सचिवालय अध्यक्षमा टीकाराम खड्का, सचिवमा तुलसीराम पुन ‘सुबास’, हिराचन्द्र केसी, हुकुम बस्नेत, सुरामणी बेल्बासे, पुनम सेर्पाइली र अजयदीप शर्मालाई जिम्मेवारी दिएको छ ।

बैठकले संगठन विभागको संयोजकमा कृष्णप्रसाद भुसाल, सहसंयोजकमा प्रमोद शर्मा, स्कुल विभागको संयोजकमा अजयदीप शर्मा, सहसंयोजकमा मनोहर बुढाथोकी,प्रचार बिभागको संयोजकमा शरद अधिकारी र डिल्लीराज खड्कालाई सहसंयोजकको जिम्मेवारी दिएको छ ।

दाङका ८ स्थानीय तहमा को–को इञ्जार्ज र सहइञ्चार्ज भए ?
शनिवार नेकपा दाङले घोराही र तुलसीपुर बाहेक अन्य ८ स्थानीय तहको ईञ्चार्ज र सह इञ्चार्जको जिम्मेवारी तोकिएको जानकारी अध्यक्ष टीकाराम खड्काले जानकारी दिए । लमही नगरपालिकाको इञ्चार्जमा अमर कँवर र सहइञ्चार्जमा नारायण छम्पाली, राप्ती गाउँपालिकाको ईञ्चार्जमा किरण भण्डारी र सह इञ्चार्जमा चित्रबहादुर थापा ,गढवाको इञ्चार्जमा यमनारायण पोखरेल र सहइञ्चार्जको जिम्मेवारी सीता चौधरीलाई तोकिएको छ । राजपुरको इञ्चार्जमा शिल्पा चौधरी र सहइञ्चार्जमा रामप्रसाद यादब,बंगलाचुलीको इञ्चार्जमा हेमराज पुन र सहइञ्चार्जमा चुडामणी नेपाली,दंगीशरणको ईञ्चार्जमा मणीराम चौधरी र सहइञ्चार्जमा एमएन शाह, शान्तिनगरको इञ्चार्जमा नेबहादुर रोका र सहइञ्चार्जमा धमकली चौधरी,बबई गाउँपालिकाको इञ्चार्जमा डिलबहादुर पुन र सहइञ्चार्जमा सर्बजित बिकलाई जिम्मेवारी तोकिएको छ ।

अन्य को कस्ले कुन क्षेत्रको जिम्मेवारी पाए ?
शिक्षा विभागमा अरुण शर्मालाई संयोजक र शेरबहादुर खड्कालाई सहसंयोजक, स्वास्थ्यमा खिमबहादुर चौधरी संयोजक, कमानसिंह पुन सहसंयोजक,कृषि तथा भूमिमा प्रेमबहादुर थापा संयोजक र ओमप्रकाश सुबेदीलाई सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

सहकारी विभागमा सुशीला शर्मा संयोजक र हुमा डिसीलाई सहसंयोजक, वन तथा वातावरण विभागको संयोजकमा अमरबहादुर वली र सहसंयोजक चित्रबहादुर खड्का, कानून बिभागमा मनोहर बुढाथोकीलाई संयोजक तोकिएको छ ।

युवा तथा खेलकुद संयोजकमा सरोज पन्त र सहसंयोजकमा कैलाश रोका, उर्जा तथा जलश्रोत विभागको संयोजकमा खर्के सुनार, सहसंयोजकमा मेघराज भुषाल, खानेपानी विभागमा भुपबहादुर केसी संयोजक र दिनेश श्रेष्ठलाई सहसंयोजकको जिम्मारी तोकिएको छ ।

आर्थिक विभागको संयोजकमा बिश्वराज आचार्य, सहसंयोजकमा गेहेन्द्र बस्नेत, स्थानीय विभागको संयोजकमा हुकुम बस्नेत, सहसंयोजकमा बशन्त चौधरीलाई जिम्मेवारी तोकिएको छ । निर्वाचन विभागको संयोजकमा मानबहादुर रावत संयोजक र सहसंयोजकमा प्रमिता चौधरीलाई जिम्मेवारी तोकिएको छ । उद्योग तथा ब्यापार संयोजकमा गेहेन्द्र बस्नेतलाई संयोजक र यज्ञबहादुर केसी सहसंयोजक, प्रशासन विभाग संयोजकमा प्रविण शर्मालाई तोकिएको छ ।

५ नं. प्रदेशका मुख्य मन्त्री तथा नेकपा प्रदेश नम्बर ५ का ईञ्चार्ज शंकर पोखरेलको प्रमुख आथित्यमा घोराहीमा भएको बैठकले त्यो जिम्मेवारी बाँडफाँड गरेको हो । कार्यक्रममा प्रदेश अध्यक्ष ओनसरी घर्ती, सचिब जगप्रसाद शर्मा‘अपार’, जिल्ला इन्चार्ज जीवन गौतम, केन्द्रीय तथा प्रदेश सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७६ साउन ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *