
दाङ, साउन ११ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले स्कुलमा सचेतना अभियान सञ्चालनमा ल्याएको छ । शनिवार समाजले तुलसिपुरको हिमाल एकाडेमीमा सचेतना कार्यक्रम गरेको छ । टिन एजरहरु दुर्बेसनीमा फस्ने बढी संभावना हुने भएको हुँदा आगुऔषध सेवनका खतराहरु बझुाउन अभियान थालिएको हो ।
लागु औषध दुर्बेसनी वारे सचेतना फैलाउन समाजले अभियान थालेको समाजका जिल्ला सभापति शरद रेग्मीले बताए । समाजले आयोजना गरेको अभियानमा सहभागिहरुले अभिभावक,टोल,छरछिमेक,र शिक्षकले निरन्तर अनुगमन र चासो दिने सके दुव्र्येसनीका संख्या न्यूनिकरण गर्न सकिने प्रमुख प्रशिक्षक केन्द्रीय योजना बिभाग प्रमुख एव अधिबक्ता मोहनप्रशाद धिताले बताए । अधिवक्ता धितालले आगुऔषध सेवन,ओसार पसार गर्नु कानुनको बर्खिलाप भएको हुँदा त्यस्तो कार्यमा लाग्नु भनेको जीवन वर्वाद पार्नु सरह भएको स्पष्ट पारे ।
हिमालका प्रिन्सिपल तथा कार्यक्रमका प्रमुख अतिथि मधुसुदन केसीले घरमा अभिभावक, समाजका सचेत वर्ग र विद्यालयमा शिक्षकले समयमै हरेक विद्यार्थीको आनिवानीमा निगरानी गर्न सके दुर्वेसनी न्यूनिकरण गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता बासुदेब शर्मा, अधिबक्ता श्रीराम चौधरी लगायतले लागु औषध दुर्बेसनीका वेफाईदा र हुने कानुकी कारवाही बारे अवगत गराएका थिए । कार्यक्रमको सहजीकरण शान्ति समाजकी सचिव निर्मला योगीले गरेकी हुन ।