२०८१ फाल्गुन २ गते शुक्रवार

तपाईं पनि क्या कुरा लगाउनु हुन्छ

गजल

तपाईं पनि क्या कुरा लगाउनु हुन्छ
झगडा नै पर्ने कुरा , आदि -अधुरा लगाउनु हुन्छ।
आमा – बाउ नटेरी, मातिएको मान्छे म
बुढी पनि होइन, पछाडी सोझै सासु – ससुरा लगाउनु हुन्छ।।

भनेकै थिए, घरबारे मान्छे हो म
फेरि किन भागम भनी, सिंदुर पोते चुरा लागाउनु हुन्छ।।

अरे यार ! बसेरै छलफल गरौं न हजुर
आबेशमा किन हो, हात खुट्टा पाखुरा लागाउनु हुन्छ।।

कामको सिलसिलामा आजभोलि हल्का टाढा छु म
तपाई कुरै नबुझी , फोन बझाङ बाजुरा लागाउनु हुन्छ।।

तपाईं पनि क्या कुरा लगाउनुहुन्छ
झगडा नै पार्ने कुरा , आदि -अधुरा लगाउनुहुन्छ।।
आमा – बाउ नटेरी , मातिएको मान्छे म
बुढी पनि होइन, पछाडी सोझै सासु – ससुरा लगाउनु हुन्छ।।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *