समृद्ध नेपाल,सुखी नेपाली को भजन टास्नेहरु
आजभोलि माइतिघरतिर”हामी यहाँ छौ”टासिरहेछन
सडकमा “हामी यहाँ छौ” भन्नेहरु
उखु किसानहरु कहाँ छन देख्न सकिरहेका छैनन
आफू यहाँ छौ भनेर पोस्टर टास्नेहरु
कोरोना कहरले जनताको जनजिबनको अस्तब्यस्तता बुझ्दैनन
छातिमा हामी यहाँ छौ टास्नेहरुलाई मेरो प्रश्न
सिमानाका पिलरहरु कहाँ छन?
निर्मला,सम्झना,नबराजहरुको न्याय कहाँ छ?
वाइडबडी,३३ किलो सुन,गोकुलेहरु लगाएत तमाम फाइल कहाँ छन?
ए शासकहरु!
मलाइ भनिदेउ मेरो देश कहाँ छ?
हाम्रा जनता कहाँ छन?
ए समाजबादका नारा फुक्नेहरु
मजदुरहरु भोकै छन
जनतालाइ सिटामोलको अभाब छ
भेरिमा दलितका लाशहरु बगिरहेछन।
ए शासकहरु!
मलाइ भनिदेउ मानबता कहाँ छ?
शान्ती,समृद्धि र स्वाधीनता कहाँ छ?
ए सत्ता र कुर्सिका लागि एकदिन माइतिघरमा चिच्याउनेहरु
तिम्रो लुटको हेडक्वाटरमा बम बर्साउन हामी यहाँ छौ ।
तिम्रो अन्याय,अत्याचार,हत्या,हिंसा,भ्रस्टाचार ,बेथिती,बिसंगतिका विरुद्धमा हामी यहाँ छौ
ए मतियारहरु!यो कस्तो समाजबादी अभ्यास हो?
शिक्षा र स्वास्थ्यमा निजीकरण ब्यापारिकरण
जनतालाइ रैती ठान्ने,कोरोना उपचारबाट पन्छिने
भुमिहिन,सुकुम्बासीका बस्ती जलाउने
जनाताको नाममा आएको राहात बेचेर खाने
कुर्सीसंग रास्ट्रीयताको लिलामी गर्ने
यो गजबको समाजबाद ।
ए शासकहरु!
तिम्रो लाजमर्दो,घिनलाग्दो समाजबादी हर्कतले विश्व हासिरहेको छ।
बिश्वसामु शिर निहुरिएको छ।
तिम्रो सत्तामोहले तिमिलाइ हिटलरपथको पतनमा पुर्याउने छ।
ए शासकहरु!
तिमी “हामि यहाँ छौ” भनेर पोस्टर छातिमा टासिरहदा
सत्र हजार शहिदका परिवारहरु कहाँ होलान?
घाइते,अपांग योद्धाहरुको अबस्था के होला?
त्यसैले तिमी तिम्रो हेडक्वाटरको सुरक्षा शक्ति बढाउ
तीन करोड नेपाली तिम्रो लुटको स्वर्गमा बम बर्साउन आतुर छन
त्यसैले त तिमी त्यहा छौ र हामी यहाँ छौ।
बिद्रोहमा,क्रान्तिमा
अन्तिम क्रान्तिमा,एकीकृत जनक्रान्तिको महासमरमा
बैज्ञानिक समाजबाद प्राप्तिको भीषण संघर्षमा।।।
लेखक:- हेमन्त प्रकाश वलि (पुर्ब बिद्यार्थी नेता)