लक्ष्मण बस्नेत,दाङ,माघ १४ । तुलसीपुर नगर अन्तर बिधालय स्तरिय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी गोरखा माबी तुलसीपुरले जितेको छ ।
गुरु जजुर नमुना माबी तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा संचालित प्रतियोगितामा १८ स्वर्ण, ७ रजत र ६ कास्य पदक हात पार्दै साविक बिजेता गोरखा माबी तुलसीपुरले उपाधी जितेको हो ।
आयोजक गुरुजजुर नमुना माबी रक्षाचौर ८ स्वर्ण,७ रजत र ७ कास्य पदकका साथ द्वितिय हुदा ज्ञानज्योती माबी तुलसिपुर ६ स्वर्ण,८ रजत र ६ कास्य पदकका साथ तृतीय भयो ।
त्यस्तै माबी तुलसिपुर सेन्टर ६ स्वर्ण,७ रजत र ११ कास्य पदकका साथ चौथो भयो भने ग्रेट अरनिको माबी तुलसिपुर ४ स्वर्ण,५ रजत र ८ कास्य पदकका साथ पाचौ स्थान प्राप्त गर्न सफल भएको प्रतियोगिताका सचिवालय सदस्य बालकृष्ण शाहले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने सर्वोउत्कृष्ट खेलाडि एथलेटिक्स छात्रा तर्फ गोरखा माबी तुलसिपुरका करुणा रिजाल,छात्र तर्फ गुरुजजुरका विशाल महत , त्यस्तै कबडि छात्रा तर्फ गुरुजजुरकै दुर्गा नेपाली,छात्रमा माबी कालाखोलाका गणेश बिक, भलिबल छात्रा तर्फ ज्ञानज्योती माबी तुलसिपुरका सीता वलि,छात्र तर्फ ग्रेट अरनिको माबिका गणेश सुनार,तेक्वान्दो छात्रमा लिटिल हेवन माबी तुलसिपुरका बिकास केसि,छात्रामा ज्ञानज्योती माबिका झरना वलि,कराते छात्र तर्फ गोरखा माबिका प्रतीक न्यौपाने र छात्रा तर्फ गोरखा माबी कै मनिशा खड्का घोषित भए ।
तीन दिन सम्म संचालन भएको प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रका संस्थागत र सामुदायिक गरि ३९ बिधालयको सहभागिता रहेको थियो । प्रतियोगितामा मार्सल आर्ट अन्तरगतका कराते,तेक्वान्दो त्यस्तै भलिबल, एथलेटिक्स र कबड्डी गरि पाँच खेलमा सहभागी बिधालयका छात्र/ छात्रा बिच कडा प्रतिस्पर्धा भएको थियो ।
यसैबिच प्रतियोगिताको समापन समारोह गुरुजजुर नमुना माबी बिधालय ब्यबस्थापन समितिका अध्यक्ष लोकमणी पोख्रेलको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिकाका मेयर टीका राम खड्काको प्रमुख आतिथ्य एवं उपमेयर स्यानी चौधरीको बिशिस्ट आतिथ्यमा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी मेयर टिकाराम खड्का,बिशिस्ट अतिथि उपमेयर स्यानी चौधरी,तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख चक्रबहादुर भण्डारी, एनप्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष तथा गोरखा मावि तुलसीपुरका प्राचार्य विजयमान जिएम, अमर उरहरी माविका प्रधानाध्यापक पदमबहादुर वलीले बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।
सो अबसरमा बिजेता बिधालय र खेलाडी तथा उत्कृष्ट खेलाडी लाई कार्यक्रमका प्रमुख अतिथी, बिशिस्ट अतिथि लगाएतले शिल्ड,ट्रफी मेडल, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमको संचालन बिधालयका सहायक प्रधानाध्यापक तथा प्रतियोगिता सचिवालय संयोजक प्रमोद न्यौपाने गरेका थिए ।