२०८२ असार ४ गते बिहिवार

नेपाल सुपर लिग २०२३ ः आज एफसी चितवन र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदै

दाङ,मंसिर २१ । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज एफसी चितवन र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

दुवै टोलीका लागि यो चौथो खेल हुनेछ । यसअघि दुवैले समान एक खेल जितेका छन् । अंक तालिकामा बटम हाफमा रहेका यी दुई टोलीलाई टप हाफमा पुग्ने अवसर छ ।

चितवन ३ खेलबाट ४ अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट ३ अंक रहेको बुटवल लुम्बिनी सातौं स्थानमा छ । दुवै टोलीलाई आजको खेलमा जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अवसर छ ।

पहिलो खेलमा पोखरा थण्डर्ससँग पराजित भएको चितवनले त्यसपछि काठमाडौं रेजर्ससँग बराबरी खेलेको थियो भने वीरगंज युनाइटेडलाई पराजित गर्दै पहिलो जित निकालेको थियो ।

सुरुवाती दुई खेलमा लगातार हार बेहोरेको बुटवल लुम्बिनीले पछिल्लो खेलमा स्पोर्टिङ इलामलाई हराएर पहिलो जित निकालेको थियो । त्यो जितबाट उत्साही बुटवल त्यस लयलाई निरन्तरता दिने योजनामा छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *