२०८३ बैशाख १२ गते शनिवार

भारतविरुद्धको खेलका लागि श्रीलंका पुग्यो नेपाली टिम

काठमाडौं, भदौ १४ । एसिया कप–२०२३ को दोस्रो खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका पुगेको छ ।

नेपाली टिम बिहीबार श्रीलंका पुगेको हो । प्रतियोगिताको उद्घाटन खेलमा बुधबार नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । नेपाल २३८ रनले पराजित भएको थियो ।

समूह ‘ए’मा रहेको नेपालले श्रीलंकामा भारतविरुद्ध खेल्ने तालिका छ । नेपाल र भारतबीचको खेल यही भदौ १८ गते हुनेछ ।

एसिया कप–२०२३ को आयोजना अधिकार पाकिस्तानले पाएपनि भारतले आफ्नो टिम पठाउन अस्वीकार गरेपछि प्रतियोगिता ‘हाइब्रिड मोडेल’मा सञ्चालन भइरहेको छ ।

प्रतियोगिताका चार खेल पाकिस्तानमा र बाँकी सबै श्रीलंकामा हुनेछन् । भारतले आफ्ना सबै खेल श्रीलंकामा खेल्नेछ ।

प्रकाशित मिति : २०८० भाद्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *