काठमाडौं ,भदौ १२ । नेपाली राष्टिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने एसिया कपमा सहभागिता जनाउन सोमबार पाकिस्तान प्रस्थान गरेका छन् ।
नेपाली टोली भने गत साता मङ्गलबार नै पाकिस्तान प्रस्थान गरिसकेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टङ्कलाल घिसिङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर सन्दीपलाई बिदाइ गरे ।
एसिया कप यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुँदैछ । त्यसै दिन नेपालले पाकिस्तानको मुल्तानमा पाकिस्तानसँग समूह चरणको पहिलो खेल खेल्ने छ ।
समूह ‘ए’मा नेपाल र पाकिस्तानसहित भारत रहेको छ । नेपालले दोस्रो खेल भदौ १८ गते भारतविरुद्ध श्रीलङ्कामा खेल्ने छ । नेपालले पहिलोपटक एसिया कपमा खेल्न लागेको हो ।
प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार