२०८३ बैशाख १४ गते सोमवार

नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग खेल्दै

काठमाडौं ,असार २८। नेपाली राष्ट्रिय महिला फुटबल टिमले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको पहिलो खेलमा आज बंगलादेशसँग खेल्दैछ ।

खेल ढाकामा नेपाली समय अनुसार बेलुकी सवा ५ बजे सुरु हुनेछ । चीनमा आगामी सेप्टेम्बर-अक्टोबरमा हुने १९औं एसियन गेम्सको तयारी स्वरुप नेपालको महिला टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

गतवर्ष भएको साफ महिला च्याम्पियनसिपको फाइनलपछि नेपाल र बंगलादेशको महिला टिम पहिलो पटक भिड्न लागेका हुन् ।

त्यसबेला काठमाडौंमै घरेलु टोली नेपाललाई ३-१ ले हराएर बंगलादेश पहिलो पटक साफ च्याम्पियन बनेको थियो ।

यस पटक नेपाल त्यो हारको बदला लिने लक्ष्यमा छ । साफपछि नेपालले भारतले दुई मेत्रीपूर्ण खेल र भियतनामसँग ओलम्पिक छनोटमा दुई खेल खेलेको थियो ।

इजरायली क्लब हापोन रानानामा अनुबन्ध हुँदै युरोपियन लिग खेल्ने तयारीमा रहेकी नेपाली स्टार सावित्रा भण्डारीको लय नेपालको लागि सहयोगी बन्ने प्रशिक्षक अनन्त थापा र कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको विश्वास छ ।

उता बंगलादेशले भने त्यसपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

साफ जितेपछि मुख्य प्रशिक्षक गुलाम रब्बानी छोटोनले टिम छाडेका थिए भने बंगलादेशी टिममा अन्य खेलाडी पनि परिवर्तन भएको छ ।

प्रकाशित मिति : २०८० असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *